नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

रवि ठूलो कि बालेन भनेर खेल्न सक्छन्ः बाबुराम भट्टराई

काठमाडौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको अगुवा शक्ति रास्वपा भएकाले अब सुशासन र समृद्धिलाई अघि बढाउनुपर्ने बताए ।

चितवनको भरतपुरमा भएको रास्वपा प्रथम महाधिवेशनमा सम्बोधन गर्दै भट्टराईले भने,‘वैकल्पिक नयाँ राजनीतिको अगुवा शक्ति रास्वपा हो, म बधाई दिन्छु। सुशासन र समृद्धिको फल सबै नेपालीलाई प्राप्त होस्।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले रास्वपाले ४ वर्षभित्रै ठूलो उपलब्धि हासिल गरेको पनि उनले बताए। ‘जनताको मन जितेर रास्वपाले ४ वर्षमा उपलब्धि हासिल गरेको छ,’ उनले भने। 

Ncell
Extreme Energy

उनले नयाँ शक्तिका पक्षमा आफू १० वर्षदेखि पैरवी गर्दै आएको पनि बताए।

‘आफैले १० वर्षदेखि वैकल्पिक राजनीतिक पैरवी गरेकोले त्यही अभियानको सबैभन्दा ठूलो उपलब्धि रास्वपा हो भन्ने लाग्छ,’ उनले भने, ‘मैले यसो भनिरहँदा के ललीपप देखाएको छ भन्छन्। म मर्न हिँडेको मानिस। टाउकोको मूल्य तोकिएको थियो। प्रधानमन्त्री पनि भइसकेँ अब के ललीपप खाने यो उमेरमा?’ 

उनले राजनीतिक स्थिरता १०/१५ वर्षसम्म होस् भन्ने चाहना आफूले राखेको पनि बताए।

‘रवि ठूलो कि बालेन भनेर खेल्न सक्ने हुन सक्छ, तपाईंहरूको एकतामा नै रास्वपाको ५ वर्षको भविष्य सुनिश्चित छ,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।