नेभिगेशन
समाज
रास्वपा महाधिवेशनमा

'ब्रेक र एक्सिलेटेरको सन्तुलन भएन भने दुर्घटना हुनसक्छ': प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनमतलाई सही ढंगले सदुपयोग गर्न सुझाव दिएका छन्। अन्यथा त्यसले भयावह जोखिम निम्त्याउने बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा सुरु भएको पहिलो महधिवेशनमा ज्ञवालीले रवि लामिछाने र बालेन शाहको प्रशंसकका रुपमा रहेको समूहलाई वैचारिक रुपमा प्रष्ट संगठित शक्तिका रुपमा रुपान्तरित गर्न शुभकामना दिए। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'तपाईंहरुको काँधमा असिम जनमत छ। त्यो ठिक ढंगले सदुपयोग भएन भने त्यसले निमत्याउने जोखिम भयावह हुन्छ भन्ने हेक्का राख्नु हुनेछ भन्ने चाहन्छु', ज्ञवालीले भने, 'राष्ट्रिय स्वतन्त्र पार्टीले असाधारण जनादेश सहित उपस्थित हुनुभएको छ। यो जनादेश सृद्ढ लोकतन्त्र निर्माणका लागि कसरी रुपान्तरण हुन्छ, सिङ्गो देशले प्रतिक्षा गरिरहेको छ।'

Ncell
Extreme Energy

उनले केही समयअघि रास्वपा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनालले छिमेकी दुवै देश भ्रमण गरेको उल्लेख गर्दै भूराजनीतिक संवेदनशिलतामा सतर्क रहन आग्रह गरे। 

'एउटा गलत निर्णयले भूराजनीतिक दबाब नेपाल जस्तो देशले थेग्न निकै गाह्रो हुन्छ,' ज्ञवालीले भने, 'सरकारले १०० पूरा गरेको छैन। आलोचना गर्न मन छैन।'

तर उनले सरकारका प्रारम्भिक केही निर्णय र गतिविधीले प्रश्न खडा गरेको बताए। 

'प्रारम्भिक केही निर्णय र गतिविधिले प्रश्न खडा गरेका छन्। ती प्रश्नको जवाफ मलाइ चाहिँदैन। नेपाली जनतालाई दिनुहोस्', ज्ञवालीले भने, 'लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्था हो। राष्ट्रपति संस्था कमजोर भयो, संसद कमजोर भयो भने जनताका आलोचनालाई बेवास्ता गर्ने व्यवस्थातिर गइयो भने त्यो जनमत नरहन सक्छ।'

उनले सरकारका प्रारम्भिक दिनहरु लोकतन्त्र बलियो बनाउने रास्वपाका वाचापत्रसँग मेल नखाने बताए। 

'हामी चाहन्छौँ ती घटना अपवाद बनुन्। रास्वपाको हातमा जनताले लोकतन्त्र सुरक्षित होस् भन्न चाहान्छु', ज्ञवालीले भने, 'काम गर्न तीव्र हुटहुटी देखिएको छ। गाडीमा एक्सिलेटेरसँगै ब्रेक राखिएको हुन्छ। ब्रेक र एक्सिलेटेरको सन्तुलन भएन भने एक्सिलेटरमात्र थिच्दा दुर्घटना हुन सक्छ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।