नेभिगेशन
समाज

‘मेरो राष्ट्रियताप्रति कसैले शंका गर्नु पर्दैन, कालापानी, लिपुलेक हाम्राे भएकाे प्रमाण हामीसँग छ: बालेन

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति प्रश्न नगर्ने अनुरोध गरेका छन् ।

रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै वरिष्ठ नेता समेत रहेका शाहले यस्तो अनुरोध गरेका हुन् । उनले सीमाको विषयमा आफूले बोलेका विषयलाई लिएर भएको विवादप्रति इंगित गर्दै उनले भने,’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’
उनले नेपालको सीमाको विषयमा प्रमाण खोज्ने क्रममा त्यहाँ पुग्छौं भनेको उनले उल्लेख गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने,' सिमाको विषयमा पनि चिन्ता लिनु पर्दैन सिमाको हामीले सिमाको विषयमा बोल्दा खेरि पक्कै पनि जुनसुकै देश संग सिमाको विषय कुरा गर्दा खेरि उहाहरुले पनि आफ्नो आपत्ति जनाउनु हुन्छ आपत्ति जनाउनु भयो मलाई अचम्म लाग्यो ल ठिक छ तपाईहरु संग प्रमाण छ भने ल्याउनुस हामीसँग त प्रमाण छ।

Ncell
Extreme Energy

हामीसँग कालापानी लिपुलेको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दा खेरि त्यो प्रमाण ल्याउनु पर्छ भनेर ल्याउँछौ भनेका हौ। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौ। हामी हाम्रो छिमेकीहरुसँग आफै कुरा गरेर मिलाउँछौ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौ। त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन। मेरो राष्ट्रियता प्रति कुनै आशंका मान्नु पर्दैन। कसैले पनि मान्नु पर्दैन।'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।