नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

रास्वपा महाधिवेशनः नेतृत्व चयनका लागि १ बजेदेखि प्रक्रिया सुरु हुँदै

चितवन । चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा आजबाटै नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै छ ।

बन्द सत्रको पहिलो चरणमा विभिन्न चार वटा प्रतिवेदन पेश हुने छन् भने दिउँसो १ बजे खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बन्दसत्रमा रास्वपाका चार हजार २११ जना प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवक हुने छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो १ बजेपछि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने छ ।

Ncell
Extreme Energy

दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

यस्तै बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दावीविरोध, ७ बजेदेखि ९ बजेसम्म दाबी विरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ ।

उनका अनुसार राति ९ः१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ११ बजे गरिने छ ।

असार ९ गते मङ्गलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ ।

जसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उनले जानकारी दिए । मतदानपछि पहिलो चरणको मत गणना र मत परिणाम घोषणा दुई घण्टापछि गरिने छ । त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

शनिबार उद्घाटन सत्र गेस्टहाउस चौरमा भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।