नेभिगेशन
समाज

ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरद्वारा पदबाट राजीनामा दिने घोषणा

ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले डाउनिङ स्ट्रीटबाहिरबाट बोल्दै पदत्याग गर्ने आफ्नो योजना घोषणा गरेका हुन्।

उनले पदमा हुँदा आफूले गरेका सबै निर्णय ‘आफूले माया गर्ने देशलाई अगाडि राखेर’ गरेको बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टार्मरको उत्तराधिकारी बन्ने ठानिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको उत्तरार्धसम्म कुर्नुपर्ने ठानिएको छ। त्यति बेला लेबर पार्टीको अधिवेशन आयोजना हुन लागेको छ। दुई वर्षअघि पार्टीभित्र भएको निर्वाचनबाट स्टार्मर प्रधानमन्त्री पदका लागि चुनिएका थिए।

Ncell
Extreme Energy

राजीनामा घोषणा गर्नुअघि स्टार्मरले आफू नेतृत्वमा आउँदा लेबर पार्टी  ‘राजनीतिक,आर्थिक र नैतिक रूपमा टाट पल्टिएको’ अवस्थामा भएको बताए।त्यस्तै सोमवार एन्डी बर्नम सांसद पदमा बहाल हुन वेस्टमिन्स्टर जाने छन्।

स्टार्मरले आफूलाई ‘पटकपटक’ पार्टी ‘सकियो’ भनिएको तर आफूले ‘ती मानिसहरूलाई गलत साबित गरिदिएको’ बताए।

उनले ‘यहुदीविरोधी भावनाको विषलाई जरैदेखि उखेलेर’ पार्टीलाई परिवर्तन गरेको दाबी गरे। ‘अर्थतन्त्र, रक्षा र राष्ट्रिय सुरक्षामा विश्वास पुनः स्थापित गर्दै,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।