नेभिगेशन
समाज

‘काँक्रेबिहार हाफ म्याराथन’को उपाधि जुम्लाका रोकायलाई

काठमाडौँ ।  ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले हात पारेका छन्।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग र मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा आज सुर्खेतमा आयोजित प्रतियोगितामा रोकायले निर्धारित २१ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै पहिलो भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त दौडमा कालिकोटका विनोद रोकाय दोस्रो भए। उनले उक्त दूरी एक घण्टा नौ मिनेट ३९ सेकेण्ड र तेस्रो भएका एपिएफका गोपीचन्द्र पार्कीले एक घण्टा १० मिनेट २८ सेकेण्डमा उक्त दूरी पार गरेका थिए। आयोजकका अनुसार पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु एक लाख ५० हजार, रु ७५ हजार र रु ५० हजार नगद प्रदान गरियो ।

Ncell
Extreme Energy

महिलातर्फको खुला १० किलोमिटर दौड प्रतियोगितामा धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भएकी छन्। उनले ३६ मिनेट ४० दशमलव ६० सेकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन् । कूल ३७ मिनेट ३ दशमलव ११ सेकेण्डमा सो दूरी पार गरी जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र ३९ मिनेट २८ दशमलव ८८ सेकण्डमा निर्धारित दूरी पार गरी बाजुराकी सिर्जना पाण्डेले तेस्रो भए।

पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। पाँच किलोमिटर छात्रातर्फको दौड प्रतियोगितामा सुर्खेतकी कृष्णा राना प्रथम भएकी छिन्। उनले २० मिनेट ३४ दशमलव २ सेकेण्डमा दूरी पार गरेकी हुन्। जुम्लाकी अन्तिमा बुढा दोस्रो भएकी छिन्।

उनले २० मिनेट ४५ दशमलव ५४ सेकेण्ड र तेस्रो भएकी बाँकेकी स्वस्तिका शाहीले २१ मिनेट २३ दशमलव २५ सेकेण्डमा निर्धारित दूरी पार गरेकी हुन्। प्रतियोतिामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु पाँच हजार र तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

पाँच किलोमिटर दौडमा छात्रतर्फ कालिकोटका अनिल शाही पहिलो भए । उनले १५ मिनेट ३६ दशमलव १ सेकेण्डमा दूरी पार गरे । दोस्रो भएका जुम्लाका युवकराज बुढाले शाहीले १५ मिनेट ३६ दशमलव ३ सेकेण्ड र तेस्रो भएका सुर्खेतका भुवन चालिसेले १६ मिनेट ४३ दशमलव ३ सेकेण्डमा उक्त दूरी पार गरेका हुन्।

पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु १० हजार, रु पाँच हजार र रु तीन हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस अवसरमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले खेल क्षेत्रमा कर्णालीको उल्लेख्य प्रगति हुँदै गएको बताए।

पछिल्लो समयमा कर्णाली खेल क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको र प्रदेश तथा स्थानीय सरकारले यसमा जोड दिएको बताए। ‘दौडिन्छ कर्णाली’ भन्ने मूल नारासहित आज आयोजित प्रतियोगितामा सेन्टरका पूर्वनिर्देशक प्रमोद हमालले कर्णाली प्रदेशका उदयीमान धावकलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...