नेभिगेशन
समाज

मेसीले तोडे क्लोजको १६ गोलको कीर्तिमान, टिमलाई पुर्याए नकआउटमा

काठमाडौं । कप्तान लियोनल मेसीले कीर्तिमानी १६ गोलको कीर्तिमान तोडेपछि अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा दोस्रो जित निकाल्दै अन्तिम ३२ मा स्थान बनाएको छ । 

आइतबार राति अमेरिकामा भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले हरायो । ७० हजार समर्थकमाझ अर्जेन्टिनाको जितमा दुबै गोल मेसीले गरेका थिए । योसँगै दुई खेलमा अर्जेन्टिनाले गरेको पाँच गोल नै मेसीको नाममा रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमान भंग गरेका हुन् । पहिलो खेलमा अल्जेरियाविरुद्ध मेसीले ३ गोल गर्दै १६ गोल बराबरी गरेका हुन् । दोस्रो खेलमा अस्ट्रियाविरुद्ध २ गोल गरे । यो विश्वकपमा ३८ वर्षीय मेसीले दुई खेलमा ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा आपूmलाई उभ्याएका छन् । 

Ncell
Extreme Energy

यो खेलसँगै मेसीले विश्वकपमा लगातार ६ गोल गर्ने खेलाडीको सूचीमा आफूलाई तेस्रो स्थानमा उभ्याएका छन् । यस्तै, ३८ वर्षको उमेरमा एकै विश्वकपमा पाँच गोल गर्ने कीर्तिमान पनि बनाए । यसअघि रोजर मिलाले सन् १९९० मा यो कीर्तिमान बनाएका थिए । 

अस्ट्रियाविरुद्ध मेसीले पहिलो हाफको ३८औं मिनेटमा पहिलो गोल गरेका थिए । डिफेन्डर फाकुन्डो मेडिनाको पासमा बक्सभित्रबाट मेसीले हानेको शक्तिशाली प्रहार सिधै गोल भएको थियो । दोस्रो गोल इन्जुरी समयमा भएको थियो । 

अस्ट्रियाविरुद्ध मेसीले नवौं मिनेटमा पाएको पेनाल्टी अवसर गुमाएका थिए । लौटारो मार्टिनेजलाई लडाएपछि पाएको पेनाल्टीलाई मेसीले प्रहार गरेपछि गोल हुन सकेन । मेसी ६ विश्वकप खेल्दा तेस्रो पटक पेनाल्टी गुमाउन पुगेका हुन् । यसअघि सन् २०१८ मा आयरल्यान्ड, सन् २०२२ मा पोल्यान्ड र सन् २०२६ मा अस्टियाविरुद्ध पेनाल्टी अवसर खेर फ्याल्न पुगेका छन् । 

समूह ‘जे’ मा लगातार दोस्रो जितपछि अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ । अर्जेन्टिनाको २ खेलबाट ६ अंक जोड्यो । पराजित अस्ट्रिया ३ अंकसहित दोस्रो स्थानमा छ । अब, अर्जेन्टिनाले अस्ट्रियालाई हेड टु हेडमा पछि पारेको छ । समूहमा जोर्डन र अल्जेरियाले पहिलो खेल गुमाएकाले अंक जोड्न सकेका छैनन् । 

अब, अर्जेन्टिनाले समूहको अन्तिम खेलमा जोर्डनसँग खेल्ने तालिका छ । एसियाली मुलुक जोर्डन भने पहिलो पटक विश्वकप खेलिरहेको छ । अर्जेन्टिना लगातार दोस्रो पटक तथा समग्रमा चौथो पटक उपाधि जित्ने अभियानमा छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।