नेभिगेशन
समाज

सुविधा खोज्दै पलायन हुँदैछन् नेपाली चिकित्सक

काठमाडौँ । आकर्षक सेवा सुविधा पाउने मोहमा  प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका  लागि बाहिरी मुलुकनै रोज्ने गरेको डरलाग्दो तथ्याङ्क बाहिरिएको छ ।

नेपाल मेडिकल काउन्सिलले वार्षिक झन्डै  दुई हजारको सङ्ख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गर्छ । त्यतिकै सङ्ख्यामा विदेश जान चिकित्सकले काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेको पाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काउन्सिलमा सन् २०२५ मा दुई हजार १२२ जनाले चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका थिए । सोही वर्ष दुई हजार ३९० जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् । यस वर्ष लाइसेन्स लिएकाले भन्दा २६८ जना बढी चिकित्सक बाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् ।

Ncell
Extreme Energy

काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालले सन् २०२० यता १३ हजार १४० चिकित्सकले लाइसेन्स लिएका र ११ हजार ६८ चिकित्सक बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएको बताए।

काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले विगत १० वर्षदेखि चिकित्सकहरु राम्रो सेवा सुविधाका लागि विदेश जाने गरेको बताए। विदेशमा आकर्षक तलव, सेवा सुविधाका कारणले चिकित्सक जाने गरेका छन् ।

उनका अनुसार सबभन्दा धेरै चिकित्सक अमेरिका, वेलायत, माल्दिभ्स, सयुक्त अरब इमिरेट, अस्ट्रेलिया, भारत, क्यानडा, जर्मन जाने गर्छन् । नेपालमा मेडिकल अधिकृत तहमा कमै अवसर हुने गर्दछ । त्यसैले स्नातकोत्तर तह पढ्दै र अस्पतालमा काम गर्न असल चारित्रिक प्रमाण पत्र लिने गरेको निमित्त रजिष्ट्रार डा पाण्डेले बताए।

काउन्सिलको तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२० यता वर्षमा दुई हजार ९९५ जना चिकित्सक गएका छन् । अमेरिकापछि बेलायतमा दुई हजार ६३७ जना, माल्दिभ्समा दुई हजार २४१ जना, अस्ट्रेलिया ८४८ जना, संयुक्त अरब इमिरेटसमा ७२० जना, क्यानडामा १४८ जना, जर्मनमा ९२ जना चिकित्सक गएका तथ्याङ्कमा देखिएको छ । छिमेकी मुलुक भारतमा पनि ९१८ जना चिकित्सक गएको तथ्याङ्क  छ । काउन्सिलका अनुसार चिकित्सक  विभिन्न २३ मुलुक जाने गरेका छन् ।

सन् २०२० मा ८६९ जना चिकित्सक मुलुक बाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्  । यस्तै सन् २०२१ मा एक हजार ३२७ जना, सन् २०२२ मा एक हजार ९५४ जना, सन् २०२३ मा दुई हजार ३१८ जना, सन् २०२४ मा दुई हजार २१० जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् ।

“चिकित्सकले असल चारित्रिक प्रमाणपत्र विदेशमा जागिर र पढनका लागि लिन गर्दछन्”, निमित्त रजिष्ट्रार पाण्डेले भने, “तर नेपालबाट धेरै जसो चिकित्सक पढ्नभन्दा पनि विदेशमा गएर नाकरी गर्नका लागि असल चारित्रिक प्रमाण पत्र लिने गरेका छन् ।”

यस्तै सन् २०२० मा दुई हजार १३१ जना चिकित्सकले दर्ता प्रमाणपत्र लिएका छन् । सन् २०२१ मा एक हजार ७१६ जना, सन् २०२२ मा दुई हजार ८५ जना, सन् २०२३ मा दुई हजार ६९२ जना, सन् २०२४ मा दुई हजार ३९४ जना चिकित्सकले काउन्सिलबाट दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका छन् ।

नेपालमा सेवा सुविधा कम भएको कारणले चिकित्सक रोजगारीका लागि विदेश जाने गरेका छन् । काउन्सिलमा अहिलेसम्म ३९ हजार ४८६ जना चिकित्सकले लाइसेन्स लिइसकेका छन् । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।