नेभिगेशन
समाज

भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

गोरखा । भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए । 

Ncell
Extreme Energy

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र हिउँ परिरहेको छ”, वडाअध्यक्ष लामा भन्छन्, “झन आठ गतेदेखि १२ गतेसम्म सरकारले सतर्क रहन भनेको छ । त्यही भएर आरोही धमाधम फर्किएका छन् ।”

मनसुनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको उनको भनाइ छ । विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकामा यस पटक भने दुईसातादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामा बताउँछन् । 

“बेस क्याम्पमा निरन्तर आउन थालेको सन् २०१४ देखि हो । यो बाह्र वर्षको अवधिमा यस्तो कहिल्यै देखिन”, उनले भने, “यो वर्ष त पानी नन्स्टप परिरहेको छ । हिमपात पनि उस्तै छ । बेस क्याम्पमै तीनफिटसम्म हिउँ परेको छ । क्याम्प वान, क्याम्प टु, थ्रीतिर त सात, आठ फिट बाक्लो हिउँ परिसकेको छ । जोखिम देखेपछि आरोही फर्किएको उनको भनाइ छ । 

बदलिएको मनसुनका कारण केही आरोही फर्किए पनि त्यस क्षेत्रमा अझै धेरै रहेको सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामा बताउँछन् । “हिमाल चढ्न नसकेर त पोहोरतिर पनि फर्कन्थे । यसपालिचाहिँ अल्लि धेरै फर्केका छन् । मौसम प्रतिकूल भएर होला”, उनले भने, “अहिलेसम्म १० प्रतिशत जति फर्किए होलान् ।”

विश्वमै ख्याति रहेको आठ हजार १६३ मिटर मनास्लु आरोहण गर्न यस याममा करिब पाँचसय आरोहीले अनुमति लिएका थिए । गत वर्ष ६७ देशका ४१ समूहका ३६६ जना पुरुष र १२७ जना महिला आरोहीले अनुमति लिएका थिए । त्यसबाट नेपाल सरकारलाई रु २२ करोड ४८ लाख १४ हजार राजस्व प्राप्त भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत...
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...
हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।
घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो...