नेभिगेशन
समाज

अब कांग्रेस जनमुखी राजनीतिमा फर्किनुपर्छः सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका राजनीतिक निर्णय, सत्ता केन्द्रित प्रवृत्ति र अस्थिर गठबन्धनका कारण पार्टीप्रति जनतामा असन्तुष्टि बढेको स्वीकार्दै अब कांग्रेस जनमुखी राजनीतिमा फर्कनुपर्ने बताएका छन्।

झापाको विर्तामोडमा आज आयोजित कांग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा उनले अब सरकार बनाउने अङ्क गणितभन्दा जनताको मन जित्ने राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति थापाले स्पष्ट राजनीतिक आधारविना अन्य दलसँग गठबन्धन गर्ने, पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति, सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागबण्डाको राजनीतिले कांग्रेसको छवि कमजोर बनाएको बताए।

Marvel
Extreme Energy

त्यसको परिणाम स्वरूप निर्वाचनमा पराजित उम्मेदवारप्रति मात्र नभई कांग्रेसप्रति नै जनताले असन्तुष्टि व्यक्त गरेको उनको भनाइ थियो । अहिलेको सबैभन्दा ठूलो चुनौती जनताको गुमेको भरोसा पुनः स्थापित गर्नु रहेको उल्लेख गर्दै सभापति थापाले देशका समस्या बुझेर समाधान गर्न सक्ने क्षमता अझै पनि कांग्रेससँग रहेको दाबी गरे ।

“कांग्रेस संसद्बाट जन्मिएको पार्टी होइन, कांग्रेसले संसद् जन्माएको पार्टी हो”, उनले भने, “प्रधानमन्त्री बन्ने मोहका कारण पार्टीको प्रतिष्ठा र जनविश्वासमा क्षति पुगेको हो ।”

पार्टीका उपसभापति विश्वप्रकाश शर्माले मुद्दा लागेका सांसदलाई पनि निलम्बन नहुने व्यवस्था ल्याइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसले सुशासनको मान्यतालाई कमजोर बनाउने बताए।

विगतका कमजोरी नेतृत्वको मात्र नभई आफ्नै पनि रहेको स्वीकार्दै पार्टीले आत्मालोचना गरिसकेको उनको भनाइ छ । उनले झापाका चिया उद्योगसँग सम्बन्धित समस्या वार्तामार्फत समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

भूमिहीन सुकुमवासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने, बाहुनडाँगी क्षेत्रमा बढ्दो जङ्गली हात्तीको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने तथा विगतमा कांग्रेसको पहलमा निर्माण गरिएको विद्युतीय तारबारबाहेक प्रभावकारी काम हुन नसकेको उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागी नेताहरूले सङ्गठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार, सुशासन, सामाजिक न्याय तथा स्थानीय समस्याको समाधानलाई कांग्रेसको आगामी राजनीतिक प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।