नेभिगेशन
सबै कुरा

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटबार्ता, नारायणगढ बुटवल पैदल यात्राबारे छलफल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्बीच भेटघाट भएको छ । सभापति लामिछानेलाई भेट्न पार्टी कार्यालय वनस्थली पुगेका राजदूत सोङ्ले नारायणगढ बुटवल सडक खण्डमा रास्वपाले गरेको पैदल यात्राका बारेमा चासो राखेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल सडक खण्डको स्तरोन्नतिमा भैरहेको ढिला सुस्ती र नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउन भन्दै रास्वपाले पुस ९ गतेदेखि ११ गतेसम्म ११३ किलो मिटर पैदल यात्रा गरेको थियो । 

Ncell
Extreme Energy

एसियाली विकास बैंकको ऋण सहयोगमा बन्नेगरी चीनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएपनि कामले गति लिएको छैन । पैदल यात्राका क्रममा यात्रु र स्थानीयले सास्ती भोगेको भन्दै रास्वपा सभापतिले कडा प्रतिक्रिया दिएका थिए । त्यसको केही समय पछि बिहीबार राजुदत सोङ् लामिछानेलाई भेट्न पार्टी कार्यालय पुगेका हुन् ।

भेटमा रास्वपा सभापति लामिछानेले निर्माणस्थलका कामदार कम देखिएको भन्दै थपिएको समयमा पनि काम सम्पन्न हुने विषयमा शंका व्यक्त गरेका थिए । जवाफमा राजदुत सोङ्ले निर्माण ढिलाई हुनुको कारण समाधान गर्दै थपिएको समयमा निर्माण सम्पन्न गराउन चीनियाँ पक्षले आवश्यक पहल गरिरहेका बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।