नेभिगेशन
सबै कुरा

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटबार्ता, नारायणगढ बुटवल पैदल यात्राबारे छलफल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्बीच भेटघाट भएको छ । सभापति लामिछानेलाई भेट्न पार्टी कार्यालय वनस्थली पुगेका राजदूत सोङ्ले नारायणगढ बुटवल सडक खण्डमा रास्वपाले गरेको पैदल यात्राका बारेमा चासो राखेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल सडक खण्डको स्तरोन्नतिमा भैरहेको ढिला सुस्ती र नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउन भन्दै रास्वपाले पुस ९ गतेदेखि ११ गतेसम्म ११३ किलो मिटर पैदल यात्रा गरेको थियो । 

Ncell
Extreme Energy

एसियाली विकास बैंकको ऋण सहयोगमा बन्नेगरी चीनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएपनि कामले गति लिएको छैन । पैदल यात्राका क्रममा यात्रु र स्थानीयले सास्ती भोगेको भन्दै रास्वपा सभापतिले कडा प्रतिक्रिया दिएका थिए । त्यसको केही समय पछि बिहीबार राजुदत सोङ् लामिछानेलाई भेट्न पार्टी कार्यालय पुगेका हुन् ।

भेटमा रास्वपा सभापति लामिछानेले निर्माणस्थलका कामदार कम देखिएको भन्दै थपिएको समयमा पनि काम सम्पन्न हुने विषयमा शंका व्यक्त गरेका थिए । जवाफमा राजदुत सोङ्ले निर्माण ढिलाई हुनुको कारण समाधान गर्दै थपिएको समयमा निर्माण सम्पन्न गराउन चीनियाँ पक्षले आवश्यक पहल गरिरहेका बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...