नेभिगेशन
समाज

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ देखि प्रत्येक वर्ष जुन २४ लाई यो दिवसका रूपमा मनाउन प्रारम्भ गरेको हो ।

उक्त विश्व संस्थाका अनुसार कूटनीतिमा महिलाहरू केवल अन्तरराष्ट्रिय मामिलाका सहभागी मात्र नभई शान्तिका निर्माता, समानताको पक्षधर तथा विश्वव्यापी सहकार्यको भविष्य निर्माण गर्ने नेतृत्वकर्ता हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरूको आवाज, दृष्टिकोण र नेतृत्व आजको जटिल विश्व चुनौती समाधान गर्न तथा अझ समावेशी, न्यायपूर्ण र दिगो समाज निर्माणका लागि महिलालाई कूटनीतिमा स्थान दिन अपरिहार्य भएको छ ।

Ncell
Extreme Energy

अन्तरसम्बन्धित विश्वको मागअनुसार कूटनीति रूपान्तरण हुँदै गएको सन्दर्भमा निर्णय प्रक्रियाका सबै तहमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु समानताको विषय मात्र नभई प्रभावकारी विश्व शासनका लागि आधारभूत आवश्यकता भएकोमा जोड दिइएको छ ।

बेइजिङ कार्ययोजना र दिगो विकास लक्ष्यहरूको प्रतिबद्धता कार्यान्वयनका लागि पनि यसलाई महत्वपूर्ण मानिएको छ । महिलाहरू निर्णय लिने तहमा सहभागी हुँदा कूटनीति जनताको प्रतिनिधित्व अझ राम्रोसँग प्रतिबिम्बित हुने र दिगो शान्ति, दिगो विकास तथा मानव मर्यादालाई प्रवर्द्धन गर्न अझ सक्षम हुने राष्ट्रसङ्घले जनाएको छ ।

विभिन्न कूटनीतिक नियोग, बहुपक्षीय संस्था तथा अन्तरराष्ट्रिय वार्तामा महिलाहरू संवाद, सहमति निर्माण, द्वन्द्व समाधान र अन्तरराष्ट्रिय सहकार्यमा निरन्तर महत्त्वपूर्ण योगदान दिँदै आएका छन् । उनीहरूको नेतृत्वले राष्ट्रिय प्राथमिकता र विश्वव्यापी चुनौतीबीच पुलको काम गर्दै मानव अधिकार, सुरक्षा र साझा समृद्धिलाई अघि बढाउन सहयोग पुर्‍याएको छ ।

राष्ट्रसङ्घका अनुसार यस दिवसले शान्ति र प्रगतिका लागि विविध आवाज र अनुभवको समावेशीकरण आवश्यक रहेको सशक्त स्मरण गराउने बताइएको छ । साथै महिला कूटनीतिज्ञहरूको उपलब्धिको सम्मान गर्दै अवरोध हटाउने, अवसर विस्तार गर्ने र आगामी पुस्ताका महिलालाई अन्तरराष्ट्रिय मामिलामा नेतृत्व गर्न सक्षम बनाउने प्रयासलाई सुदृढ गर्न आह्वान गरिएको छ ।

ऐतिहासिक रूपमा कूटनीतिक तथा अन्तरराष्ट्रिय निर्णय प्रक्रियाबाट महिलाहरू धेरै हदसम्म बाहिर राखिएको भए पनि समयक्रममा उनीहरूले अवरोध तोड्दै कूटनीतिक सेवा, अन्तरराष्ट्रिय सङ्गठन तथा शान्ति प्रक्रियामा आफ्नो उपस्थिति विस्तार गरेका छन् ।

यद्यपि, अझै पनि धेरै क्षेत्रमा महिलाको प्रतिनिधित्व न्यून रहेको र समान सहभागिता सुनिश्चित गर्न थप प्रयास आवश्यक रहेको उल्लेख गरिएको छ । शान्ति निर्माण, मध्यस्थता र द्वन्द्व समाधानमा महिलाको अर्थपूर्ण सहभागिताले अझ समावेशी र दिगो परिणाम दिने बताइएको छ ।

लैङ्गिक समानता र महिला सशक्तीकरण दिगो विकास तथा समावेशी समाज निर्माणका लागि यो आधारभूत तत्व हो । संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र पनि स्थायी प्रतिनिधि तथा राजदूतका रूपमा महिलाको उपस्थिति कम रहेको र कूटनीतिक सेवाका उच्च तहमा उनीहरूको सहभागिता अझै कमजोर रहेको बताइएको छ ।

संरचनात्मक, संस्थागत र सांस्कृतिक अवरोधका कारण महिलाहरूको नेतृत्वमा पुग्ने बाटो अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सबै पक्षलाई समान अवसर सुनिश्चित गर्न आग्रह गरिएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना मोहम्मदले कूटनीतिमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता बिना प्रभावकारी विश्व शासन सम्भव नहुने बताउँदै महिलालाई निर्णय प्रक्रियामा अनिवार्य रूपमा समावेश गर्नुपर्नेमा जोड दिएका छन्।
तस्बिरः संयुक्त राष्ट्रसङ्घ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।