नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

बालेनले किन दिएनन् केन्द्रीय सदस्यमा उम्मेदवारी ?

काठमाडौँ । चितवनमा जारी रास्वपा महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ । सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेका छन् । ९९ केन्द्रीय सदस्यका लागि ३५५ जनाको उम्मेदवारी परेको छ । तर, उम्मेदवारको सूचीमा वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन शाहको नाम छैन ।

बालेनले किन कुनै पनि उम्मेदवारी दिएनन् भनेर चर्चा हुन थालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री बालेनका लागि केन्द्रीय समितिमा वरिष्ठ नेता पद सुरक्षित छ । सहमतिअनुसार नै बालेन छिट्टै वरिष्ठ नेता मनोनीत हुने छन्, सभापति रवि लामिछानेले बालेनलाई वरिष्ठ नेता बनाउने छन् ।

Ncell
Extreme Energy

तर, त्यसका लागि पनि बालेन केन्द्रीय सदस्य भने हुनुपर्छ ।

सहमतिमै तय गरिएको प्रक्रिया अनुसार, महाधिवेशनबाट निर्वाचन प्रक्रिया सकिएपछि सभापति लामिछानेले बालेनलाई सबैभन्दा पहिला केन्द्रीय सदस्य र त्यसपछि वरिष्ठ नेता मनोनीत गर्नेछन् ।

१५८ (७ प्रदेश सभापतिसहित) केन्द्रीय समितिमा १९ पदाधिकारी हुन्छन् । सभापति र ९९ केन्द्रीय सदस्य निर्वाचित हुन्छन् । निर्वाचित केन्द्रीय सदस्यहरु मध्येबाटै २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्री छान्न पुनः दोस्रो चरणको निर्वाचन हुने छ ।

एक उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता तथा सहप्रवक्ता भने केन्द्रीय सदस्यमध्येबाटै सभापतिले मनोनीत गर्ने व्यवस्था छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाको केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदै, आफ्ना प्रतिनिधिलाई भोट माग्दै समर्थक(तस्बिरहरु)

रास्वपाको केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदै, आफ्ना प्रतिनिधिलाई भोट माग्दै समर्थक(तस्बिरहरु)

मंगलबार रातीदेखि नै कार्यक्रम स्थलको हल बाहिर आफ्नो प्रतिनिधिलाई भोट माग्दै समर्थकहरु व्यस्त देखिन्छन्। कार्यक्रम स्थलको हल भित्र आज नै चुनाव गर्ने तयारी भइरहेको छ ।
तोलामा ३ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीमा १०५ रुपैयाँ

तोलामा ३ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीमा १०५ रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ५०० र चाँदीको मोल रु चार हजार ४८५ निर्धारण भएको छ ।
कांग्रेसमा २० असारसम्म सदस्यता अद्यावधिक

कांग्रेसमा २० असारसम्म सदस्यता अद्यावधिक

पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्पन्न गरिनेछ।
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...

भर्खरै