नेभिगेशन
समाज

कांग्रेसमा २० असारसम्म सदस्यता अद्यावधिक

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्पन्न गरिनेछ।

कार्यतालिकामा गत जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं अद्यावधिक गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै, नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औँ महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि असार २० गतेसम्म सम्पन्न गरिने कांग्रेसले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काग्रेसले नेपाली जनसम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक तथा नयाँ वितरण र कांग्रेससँग समाहित भएका तथा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको कामसमेत सोही अवधिभित्र टुंग्याउने भएको छ।

Ncell
Extreme Energy

कार्यतालिकामा उल्लेख भएअनुसार अद्यावधिक भएका सदस्यहरूको विवरण रुजु गर्ने काम भने असार महिनाभर सञ्चालन हुने काँग्सले जनाएको छ।

विशेष महाधिवेशनपछि पार्टीको सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने अभियानअन्तर्गत कांग्रेसले अनलाइन प्रणालीमार्फत सदस्यता अद्यावधिकको प्रक्रिया अघि बढाइरहेको छ। पार्टी नेतृत्वले क्रियाशील सदस्यताको तथ्यांकलाई पारदर्शी, विश्वसनीय र अद्यावधिक बनाउने उद्देश्यका साथ यो प्रक्रिया सञ्चालन गरिएको जनाएको छ।

पार्टीभित्र सदस्यता व्यवस्थापनलाई लिएर देखिएका विवादका बीच सार्वजनिक गरिएको नयाँ कार्यतालिकालाई १५औँ महाधिवेशनको तयारीसँगकै रुपमा हेरिएको छ। कांग्रेसले निर्धारित प्रक्रियाअनुसार सदस्यता व्यवस्थापन पूरा गरेर आगामी महाधिवेशनलाई व्यवस्थित र विवादरहित बनाउन जोड दिएको छ।

congress-talika-1782278025.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पुनर्निर्माण पछि पुनः संचालनमा

चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पुनर्निर्माण पछि पुनः संचालनमा

जेनजी आन्दोलनका क्रममा भएको आगजनीले पूर्णरुपमा क्षति भई बन्द रहेको सुपरमार्केट पुनर्निर्माण पछि पुनः बुधबारदेखि सञ्चालनमा आएको हो।
विकल्प नदिएसम्म सडक पेटी नछोड्ने भन्दै दृष्टिविहीन धर्ना (तस्बिरहरू)

विकल्प नदिएसम्म सडक पेटी नछोड्ने भन्दै दृष्टिविहीन धर्ना (तस्बिरहरू)

आफुहरुलाई कुनै विकल्प नदिएर सडक पेटीबाट हटाएको भन्दै आफुहरु धर्नामा बस्नु परेको उनीहरुले बताए। त्यस्तै विकल्प नदिएसम्म सडकपेटी नछोड्ने उनीहरुले बताए।
रास्वपामा निर्वाचनः भोट माग्न व्यस्त उम्मेदवार र समर्थक (तस्बिरहरु)

रास्वपामा निर्वाचनः भोट माग्न व्यस्त उम्मेदवार र समर्थक (तस्बिरहरु)

हलभित्र चुनावको तयारी छ, बाहिर भोट माग्न भ्याइनभ्याई छ।
तोलामा ३ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीमा १०५ रुपैयाँ

तोलामा ३ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीमा १०५ रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ५०० र चाँदीको मोल रु चार हजार ४८५ निर्धारण भएको छ ।