नेभिगेशन
समाज

प्रतिनिधिमा अझै किचलो, महाधिवेशन लम्बिने संकेत

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी महाधिवेशनमा फेरि प्रतिनिधिको नामावलीलाई लिएर किचलो देखिएको छ ।

प्रतिनिधि नामावली विवादकै कारण एक दिन लम्बिएको महाधिवेशन थप लम्बिने सम्भावना बढेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निवर्तमान केन्द्रीय समितिका महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशन प्रतिनिधिको सूचीमा केही नाम छुटेको गुनासो आएको र समस्या भए साढे तीन बजेभित्र उपलब्ध गराउन आग्रह गरिएको बताएका छन् ।

Ncell
Extreme Energy

बुर्लाकोटीले फेसबुकमा लेखेका छन्– ‘महाधिवेशन प्रतिनिधिहरुको सूची तयार हुँदा अझै केही नाम छुटेको गुनासो आएकाले समाधान प्रयास भइरहेको र आफ्नो प्रदेशमा कुनै समस्या भए प्रदेश सभापति वा प्रदेश महामन्त्रीमार्फत सहजीकरणका लागि लिखित विवरण १ घण्टा (३ः३० बजे) भित्र उपलब्ध गराउन अनुरोध छ ।’

यसअघि निर्वाचन आयोगले हिजो ३ हजार ८ सय ४९ महाधिवेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको थियो ।

९९ केन्द्रीय सदस्य पदमा हिजो राति नै उम्मेदवारी दर्ता भइसके पनि आयोगले अहिलेसम्म उम्मेदवारहरुको नामावली पनि सार्वजनिक गरेको छैन । उम्मेदवारको नाम टुंगो नलाग्दा मतदानका लागि तयार पारिएको विद्युतीय मतदान मेसिनमा प्रविष्ट पनि गरिएको छैन ।

आज साँझसम्म तयारी पूरा गरी राति मतदान गराउने तयारी आन्तरिक रुपमा भइरहेको जनाइएको छ ।

भोलि बिहान केन्द्रीय सदस्यहरुको निर्वाचन परिणाम सार्वजनिक गरेर भोलि नै पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन गराउने आयोगको तयारी छ ।

पूर्वनिर्धारित तालिका अनुसार असार ७ गते आइतबार सुरु भएको महाधिवेशन असार ९ गते मंगलबार (हिजो) सम्पन्न भइसक्नु पर्ने थियो । आज महाधिवेशनको चौथो दिन हो । यस्तै अवस्था रहे भोलि पाँचौं दिन पनि महाधिवेशन चल्ने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।