नेभिगेशन
समाज

ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु

काठमाडौँ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको फेसलेस ट्राफिक व्यवस्थापन प्रणालीलाई विस्तार गर्ने योजना बनाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वचालित निगरानी प्रणालीको विकास गर्दै सुरु गरिएको फेसलेस ट्राफिक व्यवस्थापन प्रणालीलाई योजनाबद्ध ढंगले अघि बढाउने जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिबिना सिसिटिभी र प्रविधिको प्रयोग गरी ट्राफिक नियमको अनुगमन र कारबाही गर्न सकिने गरि फेसलेस ट्राफिक व्यवस्थापन प्रणाली सुरु गरिएको बताए ।

Ncell
Extreme Energy

उनले स्वचालित निगरानी प्रणालीअनुसार विश्वसनीय र भरपर्दो तरिकाले सेवा प्रवाह हुने उल्लेख गरेका थिए। त्यस्तै सुवेदीले जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ भन्ने नाराका साथ असार १ गतेदेखि काठमाडौं उपत्यकामा ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम गरिरहेको जानकारी दिए।

सडकमा कानूनको कार्यान्वयन गर्दै दुर्घटना न्यूनिकरण गर्नु ट्राफिक प्रहरीको महत्वपूर्ण जिम्मेवारी भएकाले सडक अनुशासनमा जोड दिइएको उनले बताए। सुवेदीले सहज सवारी आवागमनलाई व्यवस्थित गर्नका लागि उपत्यकामा मात्रै १६ सयको संख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको उल्लेख गरेका थिए।

उनले स्रोतसाधन, जनशक्तिको अधिकतम परिचालन गरेर सडक व्यवस्थापनमा लाग्दा समेत नागरिकले कल्पना गरेजस्तो व्यवस्थापन हुन नसकिरहेको अवस्था रहेको बताए।

सडकको पूर्वाधारको विकासको अनुपातमा सवारी साधनको संख्या बढिरहेका कारण ट्राफिक व्यवस्थापनमा केहि समस्या देखिएको उनको भनाइ छ ।

उनले अहिले देखिएका चुनौतीहरूलाई सामना गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउने संकल्पका साथ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अगाडि बढिरहेको बताए। 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।