नेभिगेशन
समाज

केन्द्रीय सदस्य छान्न राति ८:३० बजेदेखि चुनाव (तालिकासहित)

काठमाडौँ । रास्वपा महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि राति ८ः३० बजेदेखि मतदान हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका चौथो पटक संशोधन गर्दै मतदानको समय तोकेको हो ।

आयोगले केही बेरअघि सार्वजनिक गरेको विवरण अनुसार ९९ केन्द्रीय सदस्य पदमा ३८४ जनाको उम्मेदवारी परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले साँझ ६ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । त्यसअघि दाबी विरोध र उम्मेदवारी फिर्ताको समय तोकेको छ ।

Ncell
Extreme Energy

केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ताका लागि हिजो साँझ साढे ७ बजेदेखि साढे ९ बजेसम्मको समय तोकिएको थियो । त्यसअघि सभापति पदमा उम्मेदवारी दर्ताको समय थियो, जसमा रवि लामिछानेको मात्रै उम्मेदवारी परेपछि लामिछाने सर्वसम्मत सभापति चुनिएका थिए ।

रास्वपाले विद्युतीय मतदान गराउँदैछ । मतदानका लागि ८० वटा मेसिन तयारी अवस्थामा राखेको छ । उम्मेदवारको तस्वीर र नाम प्रविष्ट गरेपछि मतदान सुरु गरिने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।