नेभिगेशन
समाज

राजेशमान सिंह सर्वोच्चबाट पनि निराश

काठमाडौँ । सर्वोच्च अदालतले वीरगञ्जका निलम्बित मेयर राजेशमान सिंहका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नागरिकता किर्ते तथा भ्रष्टाचार प्रकरणमा मुद्दा खेपिरहेका सिंहले सर्वोच्च अदालतबाट राहत पाउने अपेक्षा गरेका थिए । तर सर्वोच्चले बुधबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्यो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

Ncell
Extreme Energy

निलम्बनपछि सिंहले सर्वोच्च अदालतमा रिट दायर गर्दै आफूविरुद्ध अन्यायपूर्ण ढंगले मुद्दा दायर गरिएको दाबी गरेका थिए । उनले पुनः नगरप्रमुखको हैसियतमा काम गर्न पाउने व्यवस्था मिलाउन अन्तरिम आदेशको माग गरेका थिए ।

तर, बुधबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले तत्काल अन्तरिम आदेश दिन आवश्यक आधार नदेखिएको ठहर गर्दै विपक्षीलाई लिखित जवाफसहित छलफलमा उपस्थित हुन आदेश दिएको  छ। अदालतले असार १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सर्वोच्चको यो निर्णयसँगै सिंह तत्काल पदमा फर्किने सम्भावना टरेको छ । विशेष अदालतमा आफ्नो प्रतिरक्षा गर्नुअघि नै सर्वोच्च अदालतबाट राहत खोज्ने उनको रणनीतिमा धक्का लागेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।