नेभिगेशन
समाज

अमेरिका–इरान समझदारी कार्यान्वयनमा दुवै पक्ष प्रतिबद्ध हुनुपर्ने चीनको धारणा

चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को संरक्षण तथा प्रभावकारी कार्यान्वयनमा दुवै पक्षले प्रतिबद्ध हुनुपर्ने जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिका र इरानले एकअर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने, सैन्य कारबाही नगर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गरेको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले उक्त समझदारीले अन्तरराष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै त्यसको संरक्षण र कार्यान्वयन दुवै पक्षको साझा जिम्मेवारी भएको बताए।

Ncell
Extreme Energy

प्रवक्ता गुओले क्षेत्रीय शान्ति र स्थायित्वको शीघ्र पुनःस्थापनाका लागि चीन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तथा रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पारेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।