नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

राति मतदान र गणना, भोलि बिहान दोस्रो चरणको निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि हुने मतदानको तयारी अन्तिम चरणमा पुगेको छ ।

विद्युतीय मतदान मेसिनमा उम्मेदवारहरुको नाम प्रविष्ट गर्ने काम भइरहेको छ भने मतदातालाई मतदान गर्ने तरिकाबारे जानकारी पनि गराइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राति साढे ८ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । एक जनाले मतदान गर्न दशदेखि १२ मिनेट समय लाग्ने अनुमान गरिएको छ ।

Ncell
Extreme Energy

नेता मनिष झाले राति ४ देखि ५ घण्टा लाग्नसक्ने बताए । उनका अनुसार राति नै मतदान सकिन्छ भने मतदान सकिए लगत्तै मतगणना गरिने छ ।

भोलि बिहान निर्वाचन आयोगले पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन तालिका सार्वजनिक गर्ने पनि उनले जानकारी दिए । भोलि साँझसम्म सबै काम सकिन्छ र महाधिवेशन सम्पन्न हुन्छ– झाले भने ।

९९ केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी परेको छ ।

दोस्रो चरणमा २ उपसभापति (एक महिलासहित), १ महामन्त्री र ३ सहमहामन्त्री चयनका लागि निर्वाचन हुने छ । निर्वाचित केन्द्रीय सदस्यहरु मात्र पदाधिकारीमा उम्मेदवार बन्न सक्छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।