नेभिगेशन
समाज
महानगरको बजेट

काठमाडौँको सबैभन्दा बढी, विराटनगरको कम

काठमाडौँ । मुलुकका ६ वटै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । सबैभन्दा बढी काठमाडौँ महानगरको छ भने सबैभन्दा कम विराटनगरको छ ।

काठमाडौँ महानगरले आगामी वर्षका लागि २५ अर्ब ८८ करोडको बजेट ल्याएको छ । चालु वर्षमा यसको बजेट २५ अर्ब ११ करोड थियो। काठमाडौँ महानगरले कुल बजेटको ६१ प्रतिशत पूर्वाधार क्षेत्रमा छुट्याइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुर महानगरपालिकाले ७ अर्ब ४८ करोड ८७ लाखको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको बजेटको तुलनामा ललितपुरले आगामी आर्थिक वर्षको बजेटमा सामान्य वृद्धि गरेको छ । चालु वर्षमा ललितपुरको बजेट ७ अर्ब ४७ करोड ४१ लाख थियो ।

Ncell
Extreme Energy

पर्यटकीय राजधानी भनेर चिनिने पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड २५ लाखको बजेट ल्याएको छ । चालु वर्षमा ८ अर्ब ३५ करोड १२ लाखको बजेट ल्याएकोमा यसपालि पोखराले करिब १ अर्ब २० करोडले बजेट घटाएको छ ।

भरतपुर महानगरपालिकाले ५ अर्ब ५१ करोड ७० लाखको बजेट ल्याएको छ । चालु वर्षमा ५ अर्ब २२ करोड रुपैयाँको बजेट रहेकोमा भरतपुरले आगामी वर्षका लागि करिब ३० करोडले बजेट बढाएको छ ।

भरतपुरले गौतमबुद्ध क्रिकेट रंगशालालाई प्राथमिकतामा राखेको छ ।

वीरगन्ज महानगरपालिकाले ४ अर्ब ४२ करोड ३४ लाख रुपैयाँको बजेट ल्याइएको छ । चालु वर्षमा बजेट ३ अर्ब २२ करोड ४८ लाख रहेकोमा आगामी आर्थिक आवका लागि करिब १ अर्ब २० करोडले बढेको छ ।

विराटनगर महानगरपालिकाले ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको गरेको छ । विराटनगरको बजेट चालु आवको बजेटको तुलनामा करिव १२ करोडले घटेको छ ।

पालिकाहरुले हरेक वर्ष असार १० मा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । आज देशका अधिकांश पालिकाले बजेट सार्वजनिक गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।