नेभिगेशन
समाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस वर्ष अधिकमासका कारण सौरमासअनुसारको ज्येष्ठ शुक्ल एकादशीमा तुलसी रोप्न नहुने भएकाले शुद्ध ज्येष्ठ एकादशीका दिन आज तुलसीको दल राख्न लागिएको हो । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ ।

Ncell
Extreme Energy

यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए। आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।