नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

रवि र स्वर्णिमले भोट हालेसँगै सकियो केन्द्रीय सदस्यको चुनाव, केहीबेरमा मतगणना गरिने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र निवर्तमान उपसभापति डा. स्वर्णिम वाग्लेले मतदान गरेसँगै केन्द्रीय सदस्य चयनका लागि गरिएको चुनाव सकिएको छ ।

आज अन्तिम समयमा सभापति लामिछाने र निवर्तमान उपसभापति वाग्लेले मतदान गरेका हुन् । लामिछानेले ५५ नम्बर र वाग्लेले २० नम्बरको मेसिनबाट मतदान गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका संस्थापक सभापति रवि लामिछाने सर्वसम्मत सभापति निर्वाचित भइसकेका छन् भने निवर्तमान उपसभापति वाग्ले केन्द्रीय सदस्य पदका उम्मेदवार छन् । उनी दोस्रो चरणमा उपसभापति पदको उम्मेदवार बन्ने जनाइएको छ ।

Marvel
Extreme Energy

केन्द्रीय सदस्य पदका लागि करिव २,९५० महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । विदेशमा रहेका प्रतिनिधिहरुले भने मोबाइल एपबाट मतदान गरेका छन् । विद्युतीय मतदान मेसिन र मोबाइल एपबाट भएको मतदानको विवरण केहीबेरमा निर्वाचन आयोगले सार्वजनिक गर्नेछ ।

अब तत्कालै मतगणना सुरु हुने आयोगको भनाइ छ । दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी छ ।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि आज मतदान भएको छ ।

पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जना उम्मेदवार छन् । जसमा खुलातर्फ २१० जना र भूगोलतर्फ १७४ जना उम्मेदवार छन् । एउटा प्रदेशबाट पाँच निर्वाचित हुने छन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जना  उम्मेदवार छन् ।

सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।

केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विदेशी मुद्राको विनिमयदरमा आज परिवर्तन भएन, कुनको मूल्य कति ?

विदेशी मुद्राको विनिमयदरमा आज परिवर्तन भएन, कुनको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा हिजोको तुलनामा परिवर्तन भएको छैन ।
गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा पछिल्लो समय बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन्। सडक पहुँच विस्तार, पदमार्गमा होटल तथा लजको सुविधा...
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली

कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...