नेभिगेशन
समाज

ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना

काठमाडौँ । ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन तथा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले ‘समृद्धिका लागि आर्थिक साझेदारी’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

बुधबार आयोजित कार्यक्रममा विभिन्न कम्पनी तथा ‘सुपरमार्केट’का प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रबन्धक, सञ्चारकर्मी, नेपाली उद्यमी र ओमानस्थित नेपाली समुदायका प्रतिनिधिसहित १०० भन्दा बढीको सहभागिता थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस अवसरमा ओमानका लागि नेपाल  राजदूत डोरनाथ अर्यालले नेपालमा व्यापार, लगानी तथा पर्यटनका प्रशस्त सम्भावना रहेका बताउँदै वैदेशिक लगानीका प्राथमिकताका क्षेत्रबारे विस्तृत रुपमा जानकारी दिए।

Ncell
Extreme Energy

उक्त राजदूतावासका अनुसार उनले ओमानी लगानीकर्तालाई नेपालमा उपलब्ध अवसरहरूको खोजी गर्न आग्रह गर्दै नेपाल भारत र चीनजस्ता तीव्र गतिमा विकासोन्मुख दुई ठूला अर्थतन्त्रबीच अवस्थित रहेकाले व्यापार, लगानी र पर्यटनका लागि महत्त्वपूर्ण सेतु बन्नसक्ने बताए।

कर्पोरेट तथा मुद्दा मामिलासम्बन्धी अधिवक्ता खावला मोहम्मद अल सदुनीले ओमानको श्रम ऐन तथा नियमावलीका व्यावहारिक पक्षका साथै श्रमिक र रोजगारदाताले पालना गर्नुपर्ने कानुनी व्यवस्थाका तथा श्रमसम्बन्धी विवाद समाधानका उपायबारे चर्चा गरेका थिए ।

कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटन सम्भावनालाई समेटिएको भिडियो प्रदर्शन गरिएको थियो । सहभागीहरूलाई नेपाल र ओमानबीच व्यापार, लगानी तथा पर्यटन क्षेत्रमा सम्भावित सहकार्य विस्तार गर्न प्रोत्साहित गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्थगित भयो रास्वपाको क्लोज क्याम्प

स्थगित भयो रास्वपाको क्लोज क्याम्प

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई दिन लागेको तीन दिने प्रशिक्षण स्थगित भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

‘हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौं । तर आवाजहरू उस्तै देखिन्छन्,’ उनले भने, ‘चार महिनाको अवधिमा देशमा उस्तै आवाज, अझ ठूलो आवाज– भएन, सकिएन भन्ने आवाज आउन...
गुण्डुमा ढलेका जेएनविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

गुण्डुमा ढलेका जेएनविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

नेकपा एमाले बागमती संसदीय दल नेता जेएन थपलियाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
यसपटक बिग्रियो भने भोलिका पुस्ताले हामीले जस्तो अवसर पाउने छैनन्– रवि लामिछाने

यसपटक बिग्रियो भने भोलिका पुस्ताले हामीले जस्तो अवसर पाउने छैनन्– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेको पुस्ताले पाएको राजनीतिक अवसरलाई सही ढंगले सदुपयोग गर्न नसके भविष्यका युवाले त्यस्तो अवसर नपाउने बताएका छन् ।