नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

पदाधिकारी छान्न राति सवा ९ बजेदेखि मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि राति सवा ९ बजेदेखि मतदान गराउने भएको छ । त्यसका लागि साँझ साढे ६ बजेदेखि प्रक्रिया सुरु हुने छ ।

निर्वाचन आयोगले जारी गरेको पछिल्लो निर्वाचन कार्यतालिका अुनसार साँझ साढे ६ बजेदेखि ७ बजेसम्म पदाधिकारीमा उम्मेदवारी दर्ता हुने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साँझ साढे ७ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ भने दाबी विरोध तथा उजुरीका लागि राति सवा ८ बजेसम्मको समय तोकिएको छ ।

Ncell
Extreme Energy

राति पौने ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

त्यसपछि राति सवा ९ बजेदेखि सवा १२ बजेसम्म तीन घण्टा मतदान गरी मतदान सकिएलगत्तै मतगणना गरिने र राति साढे १ बजे पदाधिकारीको मत परिणाम सार्वजनिक गरिने छ ।

रास्वपाले ६ पदमा निर्वाचन गर्न लागेको हो ।

विधानअनुसार दुई उपसभापति (एक खुला र एक महिला), एक महामन्त्री र तीन सहमहामन्त्री (दुई खुला र एक महिला) पदमा निर्वाचन हुने छ ।

पहिलो चरणको निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकाले मात्रै पदाधिकारीमा उम्मेदवारी दिन पाउने छन् ।

दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक हुँदासम्म पनि पहिलो चरणको निर्वाचनको परिणाम भने सार्वजनिक भएको छ । यसअघि आज बिहान ९९ केन्द्रीय सदस्य पदका लागि मतदान भएको थियो । 

यस्तो छ- दोस्रो चरणको निर्वाचन कार्यतालिका 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

भारतले शनिवार संयुक्त राष्ट्रसङ्घीय महासभामा पाकिस्तानद्वारा व्यक्त भनाइप्रति कडा आपत्ति जनाएको छ ।
पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

अविरल वर्षाकाे कारण मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी खाेला पुल माथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

लगातारको वर्षाका कारण मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत तीन ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।