नेभिगेशन
समाज

महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिहीबार प्रशासनले एक सूचना जारी गर्दै भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधमा शुक्रबार बिहान ६ बजेदेखि शनिबार साँझ ५ बजेसम्म सिल्ट सफाइ (बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गर्ने) गरिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिनेसम्बन्धी एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला, भारतीय पक्षबाट पत्राचार भएकाले तोकिएको समयमा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताए।

Ncell
Extreme Energy

जिल्ला प्रशासन कार्यालय, दार्चुलाले तटीय क्षेत्रका नागरिकलाई पूर्वसर्तकता अपनाउन बुधबार सूचना जारी गरिसकेको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारीले सूचना जारी गर्दै एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला भारतीय पक्षबाट पत्राचार भएकाले आवश्यक सर्तकता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

भारतले शनिवार संयुक्त राष्ट्रसङ्घीय महासभामा पाकिस्तानद्वारा व्यक्त भनाइप्रति कडा आपत्ति जनाएको छ ।
पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

अविरल वर्षाकाे कारण मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी खाेला पुल माथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

लगातारको वर्षाका कारण मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत तीन ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।