नेभिगेशन
मुख्य समाचार

मधेशको सीमा क्षेत्रका जनताको पिरमर्का बुझ्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले तराई मधेशका सीमा क्षेत्रको निरीक्षण गरेका छन् । 

गुरुङ मन्त्रीका रुपमा लावालस्कर लिएर भन्दा पनि सर्वसाधारणको भेषमा सामान्य तरिकाले सीमा क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सीमा क्षेत्रको वस्तुस्थितिको जानकारी लिँदै सीमामा बसिरहेका स्थानीय बासिन्दासँग त्यहाँ व्यहोर्नुपरेको समस्याबारे पनि छलफल गरेका थिए । 

Ncell
Extreme Energy

स्थानीयले सीमा नाकामा सुरक्षाकर्मीबाट दु:ख पाएको गुनासो गरेका थिए । 

सीमा क्षेत्रमा सशस्त्रका डिएसपीदेखि प्रहरी समेतले सिसी क्यामरा हुँदाहुदै पनि पैसा लिएर तस्करी गराउने गरेको गुनासो पनि राखेका थिए । 

गृहमन्त्री गुरुङले आफू स्थलगत बुझ्न आएको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । सीमामा तस्करी रोकिनुपर्ने र नागरिकले सहज आवतजावत पाउनुपर्ने पक्षमा आफू रहेको उनको भनाइ थियो । 

गृहमन्त्री सामान्य रुपमा निरीक्षणमा आएर आफूहरुको समस्या सुनेको भन्दै स्थानीयले धन्यवाद पनि दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। तयारीस्वरूप भुटानी टोलीले गण्डकी प्रादेशिक क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ।
३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्।
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।