नेभिगेशन
नेताका कुरा

रास्वपाले पदाधिकारीमा कम्तीमा चार महिला मनोनीत गर्ने, यस्तो छ तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय पदाधिकारीमा चार जना महिना मनोनीत गर्ने भएको छ ।

रास्वपा महामन्त्री विपीन आचार्यले विधानबमोजिम कम्तीमा चार महिलालाई सभापतिले पदाधिकारीमा मनोनीत गर्ने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाको प्रथम महाधिवेशनबाट सभापतिमा रबि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपीन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका छन् । 

Marvel
Extreme Energy

पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनीत हुन बाँकी छ । मनोनीत पदमा कम्तीमा चार जना महिला र दुई जना खसआर्य बाहेकको कलस्टरबाट मनोनीत हुने महामन्त्री आचार्यले बताए । 'त्यो बाहेक पनि जे जे मिसिङ छ वा प्रतिनिधित्व छैन, त्यसलाई सभापतिज्यूले सम्बोधन गर्नुहुनेछ,' उनले भने । 

आचार्यले पदाधिकारीमा दुई महिला र एक मुस्लिमको प्रतिनिधित्व भएको र बाँकी कलस्टर समूहलाई मनोनीतका क्रममा सम्बोधन गरिने बताए । 

रास्वपा महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । जसमा ४९ जना महिला छन् । अब सभापति ५१ जना मनोनीत गर्न बाँकी छ । केन्द्रीय सदस्यको मनोनयनमा पनि समावेशी समूहलाई ख्याल गरिने महामन्त्री आचार्यले बताए ।  

मनोनीत कहिले?

महामन्त्री आचार्यले पदाधिकारी र केन्द्रीय सदस्यको मनोनयन कहिले हुन्छ भन्ने टुंगो लागिनसकेको बताए । उनकाअनुसार पहिला निर्वाचित केन्द्रीय सदस्यको शपथ हुनेछ । शपथकै टुंगो लागेको छैन । 

शपथ गरेपछि केन्द्रीय समितिको पहिलो बैठक बस्नेछ । बैठकमा सभापतिले मनोनीत गर्ने केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्नेछन् । बैठकले अनुमोदन गरेपछि मनोनीत हुनेछन् । त्यसपछि पदाधिकारी मनोनीत हुनेछ । किनकि पदाधिकारी हुन केन्द्रीय सदस्य हुनुपर्ने विधानको व्यवस्था छ । 

रास्वपा नेताहरुकाअनुसार निर्वाचित केन्द्रीय सदस्यहरुको शपथ असार १७ गते गर्ने तयारी भइरहेको छ । यद्यपि मिति तय भइसकेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बढुवा भएको खुसीयालीमा लड्डु बाँड्नुपर्नेमा कार्की मुद्दा लिएर आए– महान्यायाधिवक्ता कँडेल

बढुवा भएको खुसीयालीमा लड्डु बाँड्नुपर्नेमा कार्की मुद्दा लिएर आए– महान्यायाधिवक्ता कँडेल

महान्यायाधिवक्ता नारायणदत्त कँडेलले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले बर्खास्त नगरेको, बरु बढुवा गरेर प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको दाबी गरेका छन्।
नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)...
इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् ।
यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट सात जना बिचौलिया नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट सात जना बिचौलिया नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय रुपन्देही परिसरबाट प्रहरीले सात जना बिचौलियालाई नियन्त्रणमा दिएको छ।

भर्खरै