नेभिगेशन
समाज

हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने  जग बस्योः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा पुनःस्थापित गरिएको बताएका छन्।

उनले भने, “परम्परागत हुलाक सेवालाई सरकारले प्रविधिमैत्री र विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पुर्‍याउने अभियान सफल रुपमा कार्यान्वयन गरिएको छ ।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हुलाक सेवा विभागद्वारा आज  यहाँ आयोजित ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा सञ्चारमन्त्री डा तिमिल्सिनाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको छ र यसको सकारात्मक नतिजा पनि देखिन थालिसकेको जानकारी दिए।

Ncell
Extreme Energy

उनले भने, “ सूचना प्रविधि क्षेत्रको विस्तारसँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता र महत्व भने अझै कायम रहेको छ । डिजिटाइजेसनले हुलाक सेवाको महत्व घटाएको छैन । बरु समयअनुकूल आधुनिकीकरण गर्दै सेवा विस्तार गर्नुपर्ने आवश्यकता बढेको छ ।”

सरकारी सेवाको प्रभावकारिता बढाउन सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले सबै काम सरकारले एक्लै गर्न नसक्ने भएकाले निजी क्षेत्रसँग साझेदारी र सरकारी निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरे।

त्यस्तै, हुलाक सेवाको कमजोर बन्दै गएको संस्थागत छविलाई सुधारका लागि कर्मचारीको इच्छाशक्ति, नवीन सोच र सेवामुखी कार्यशैली आवश्यक रहेको बताए । सञ्चारमन्त्री डा तिमिल्सिनाले उनले भने, “हुलाकले आफैँलाई परिवर्तन गरेर फरक ढङ्गले सेवा दिन सक्नुपर्छ । सुधारको पहिलो आधार संस्थाभित्रकै इच्छाशक्ति हो । हुलाक सेवा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई सरल, सहज र विशिष्टीकृत बनाउनुपर्छ ।”

राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका सरकारी कागजात नागरिकको घरमै पुर्‍याउने व्यवस्थाले सेवा प्रवाहमा ठूलो परिवर्तन ल्याएको उल्लेख गर्दै उनले यसबाट नागरिकको समय, लागत र झन्झट कम हुनुका साथै सरकारी सेवाप्रतिको विश्वास पनि बढेको बताए । सुरक्षाका दृष्टिले समेत सरकारी हुलाक सेवा विश्वसनीय रहेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए ।

सरकार सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा अघि बढिरहेको उल्लेख गर्नुहुँदै उनले शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत सञ्चार मन्त्रालय र मातहतका निकायका काममा उल्लेख्य प्रगति भएको जानकारी दिए।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको उल्लेख गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पुर्‍याउने उद्देश्यअनुसार विभागले हालसम्म सातवटा सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिए।

“राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका सरकारी कागजात अहिले घरघरमै पुर्‍याउन थालिएको छ । आगामी दिनमा यसलाई थप प्रभावकारी, व्यावसायिक र नागरिकमैत्री बनाइनेगरी मन्त्रालयले काम गरिरहेको छ ।”  सचिव बस्नेतले भने।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले अन्तरराष्ट्रिय असल अभ्यासलाई आत्मसात् गर्दै हुलाक सेवालाई थप प्रभावकारी बनाउने अभियान सञ्चालन गरिएको बताए । ‘घरघरमा हुलाक, मनमनमा हुलाक’ अभियानमार्फत नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले सरकारी कागजात घरमै प्राप्त गर्न थालेपछि नागरिकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जानकारी दिए।

उनका अनुसार सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित विभागमार्फत सञ्चालन गरिएको ‘सरकारी कुरियर सेवा’को प्रगति उत्साहजनक रहेको छ । विभागलाई प्रविधिमैत्री बनाउने तथा संस्थागत सुधारका विभिन्न कार्यक्रम कार्यान्वयन भएसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, स्वास्थ्य सामग्री, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात नागरिकको घरसम्म सुरक्षित रूपमा ढुवानी हुन थालेका छन् ।

नयाँ सरकार गठनपछि सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीको बुँदा नं २७ मा राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्रलगायतका सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था मिलाइने उल्लेख गरिएको थियो ।

त्यस्तै सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यबमोजिम देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’मा रूपान्तरण गर्ने अभियान पनि अघि बढाइएको छ ।

विभागका अनुसार सरकारले परम्परागत चिठीपत्र आदानप्रदानमा सीमित हुलाक सेवालाई आधुनिक ‘गभर्मेन्ट कुरियर सर्भिस’का रूपमा रूपान्तरण गर्ने नीति कार्यान्वयन गरिरहेको छ । यसअन्तर्गत राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य सामग्री तथा अन्य सरकारी कागजात नागरिकको घरदैलोमै उपलब्ध गराउने सेवाको दायरा क्रमशः विस्तार हुँदै गएको विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

सम्झौता अनुरुप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै, बाघाईले इरानले सम्झौताको अनुच्छेद –११ मा ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको...
सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

“विदेशस्थित हाम्रा नियोगहरू आर्थिक कूटनीति, व्यापार प्रवर्द्धन, लगानी, पर्यटन, प्रविधि साझेदारी तथा बजार पहुँचतर्फ क्रमशः उन्मुख भइरहेका छन्”, मन्त्री खनालले भने, “अन्ततः परराष्ट्र नीतिले जनताको कल्याण, आकाङ्क्षा तथा...
स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल

स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल

छलफलका क्रममा मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके: नेता सिटौला

राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके: नेता सिटौला

मंगलबार काठमाडौंमा आयोजित संघीयता कार्यान्वयनमा प्रदेश संरचनाः समसामयिक सम्वाद कार्यक्रममा नेता सिटौलाले अहिले राज्य सञ्चालन संविधान बमोजिम चल्न नसकेको र प्रशासन, न्यायालय, प्रहरी लगाएत संवैधानिक निकायले आफ्नो स्वतन्त्रता...