नेभिगेशन
समाज

राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके: नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सवै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित संघीयता कार्यान्वयनमा प्रदेश संरचनाः समसामयिक सम्वाद कार्यक्रममा नेता सिटौलाले अहिले राज्य सञ्चालन संविधान बमोजिम चल्न नसकेको र प्रशासन, न्यायालय, प्रहरी लगाएत संवैधानिक निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देश अहिले कस्को नियन्त्रणमा छ भन्न समेत गाह्रो रहेको उनले बताए। नेता सिटौलाले नेपालमा प्रतिशोधको राजनीति धेरै नै विकसित भइरहेको भन्दै यस्तो अवस्थाले देश र समाज बन्न नसक्ने उल्लेख गरे।

Ncell
Extreme Energy

उनले विश्व राजनीतिको प्रभाव नेपालमा पनि रहेको र नराम्रो प्रभाव ज्यादा देखिएको धारणा व्यक्त गरे। राजनीतिक दलभित्र र राजनीतिक दलहरूको बीचमा अविश्वास दिनप्रतिदिन अझै गहिरिँदै गएको भन्दै सिटौलाले एक ठाउँमा बसेर देशका बारेमा सोच्ने परिस्थिति नै नरहेको जिकिर गरे।

नेता सिटौलाले संविधान भनेको कुनै धार्मिक ग्रन्थ नभएकाले संविधानवादको विकासक्रममा संशोधन हुनुपर्नेमा जोड दिए । तर संशोधन गर्दा यसका मौलिक पक्षहरुलाई जोगाउदै कार्यान्वयनका क्रममा देखिएका त्रुटिहरुलाई सच्चाउनुपर्ने उनले बताए।

नेता सिटौलाले अहिलेको राज्य व्यवस्थालाई साँगुरो घेराभित्र राख्ने कि जनताको पहुँच हुने गरी फराकिलो पार्ने भन्ने प्रश्न देखिएको भन्दै संघीयताको राम्रा पक्षलाई बचाएर र कमजोरीलाई हटाएर नै अघि बढ्नुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भिडियोमा उनले आफू दिल्ली आइपुगेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि प्रश्न उठाएका थिए। उनले प्रदर्शनलाई लक्षित गर्दै सरकारले ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरेको तथा कैयौँ रेल...
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा हेर्रेरा, कोक्ले र लस सान्तोस प्रान्त रहेका छन्। कोक्ले प्रान्तको पेनोनोमेमा होटल डोस कोन्टिनेन्टेसको एक भाग, सान जुआन बाउटिस्टा क्याथेड्रलको टावर र गभर्नर...
बिपी राजमार्ग अवरुद्ध

बिपी राजमार्ग अवरुद्ध

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ ।