नेभिगेशन
समाज

स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल

काठमाडौं । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबीच छलफल भएको छ।

भेटमा स्थानीय तहमा देखिएका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीका विषयमा विस्तृत छलफल भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफलका क्रममा मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Ncell
Extreme Energy

मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी स्थलगत सहजीकरण तथा समन्वय गरेको जानकारी दिइन् । ती टोलीले पालिका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीसँग छलफल गरी स्थानीय तहका समस्या, आवश्यकता र चुनौतीबारे स्थलगत विवरण संकलन गरेको बताइन् ।

उनले स्थानीय तहका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्रालयले स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमुखी बनाउन आवश्यक पहललाई निरन्तरता दिने बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भिडियोमा उनले आफू दिल्ली आइपुगेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि प्रश्न उठाएका थिए। उनले प्रदर्शनलाई लक्षित गर्दै सरकारले ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरेको तथा कैयौँ रेल...
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा हेर्रेरा, कोक्ले र लस सान्तोस प्रान्त रहेका छन्। कोक्ले प्रान्तको पेनोनोमेमा होटल डोस कोन्टिनेन्टेसको एक भाग, सान जुआन बाउटिस्टा क्याथेड्रलको टावर र गभर्नर...
बिपी राजमार्ग अवरुद्ध

बिपी राजमार्ग अवरुद्ध

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ ।