नेभिगेशन
समाज

सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा पर्‍याे: केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको हस्तक्षेपका कारण एन्फा कारवाहीमा परेको बताएका छन् । अध्यक्ष ओलीले विश्वकप फुटबलमा नेपालभन्दा साना र भर्खरै विकासशील चरणमा प्रवेश गरेका देशहरुले उत्कृष्ट प्रदर्शन गर्दा नेपालमा भने सरकारको हस्तक्षेपका यस्तो अवस्था आएको बताएका हुन् । 

‘हाम्रा भन्दा साना देशहरु कमालको, बबालको प्रदर्शन गरिराखेका छन् । हाम्रो एन्फा अन्तराष्ट्रिय खेलकुदमा लागि प्रतिबन्धित भएको छ ।’ उनले भने, ‘प्रतिबनधको कारण के भने नेपाल फुटबल महासंघमाथि बाह्य हस्तक्षेप भयो । भन्या के रु कसले गर्यो हो त्यो हस्तक्षेप रु सबै चिज आफ्नै लागि, आफ्ना भलाइका लागि, आफ्नै इसारामा, आफ्नै मान्छेबाट । भन्या के रु त्यही भएर प्रतिबन्ध लाग्यो, त्यही भएर हस्तक्षेप भयो । र खेलाडी खान नपाएर कमजोर हुने, खेलाडीले उपयुक्त शारीरीक विकास गर्न नपाउने जस्तो खालको स्थिति हुनु हुँदैन । यतापट्टि सरकारले पनि ध्यान दिनुपर्ने हो । सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्तराष्ट्रिय खेलमा प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेलकुद महासंघले खेल मात्र खेल्ने नभई, देशको अवस्था बुझ्ने र देशप्रति जिम्मेवार नागरिकका रूपमा खेलाडीहरू उत्पादन गर्नुपर्ने उनको भनाइ छ ।

Ncell
Extreme Energy

त्यस्तै उनले भाद्र २३ र २४ गते भएको तोडफोड, हिंसा, हत्या र लुटपाटका घटनालाई वैधानिकता दिने काम भएको बताएका छन् । 

मंगलबार काठमाडौंमा नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न शक्तिहरूले संवैधानिक रूपमा नसकेपछि असंवैधानिक तवरले तोडफोड, हिंसा, हत्या र लुटपाट जस्ता उपद्र मचाएर सरकार ढाल्ने बाटो रोजेको र त्यसलाई अहिले वैधानिकता दिने काम भएको बताएका हुन् । 

उनले भूकम्प, कोभिड–१९ महामारीका कारण ध्वस्त भएको अर्थतन्त्रलाई माथि उठाउनुका साथै शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई अगाडि बढाउने प्रयत्न गरेको तर कसैलाई त्यो कुरा सह्य नभएको तर्क गरे । उहाले सबै जनताले न्याय पाउने र भयमुक्त, शान्तिपूर्ण नेपाल निर्माणको प्रणालीबाट आफूहरू पुनः अगाडि बढ्ने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भिडियोमा उनले आफू दिल्ली आइपुगेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि प्रश्न उठाएका थिए। उनले प्रदर्शनलाई लक्षित गर्दै सरकारले ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरेको तथा कैयौँ रेल...
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा हेर्रेरा, कोक्ले र लस सान्तोस प्रान्त रहेका छन्। कोक्ले प्रान्तको पेनोनोमेमा होटल डोस कोन्टिनेन्टेसको एक भाग, सान जुआन बाउटिस्टा क्याथेड्रलको टावर र गभर्नर...
बिपी राजमार्ग अवरुद्ध

बिपी राजमार्ग अवरुद्ध

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ ।