नेभिगेशन
समाज

राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘क’  अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने जनाएको छ ।

Ncell
Extreme Energy

काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ ।

राष्ट्र बैंकल न्यूनतम रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भदौभित्र ३० वटा नयाँ कानुन संसदमा ल्याउने कानुन मन्त्री गौतमको तयारी

भदौभित्र ३० वटा नयाँ कानुन संसदमा ल्याउने कानुन मन्त्री गौतमको तयारी

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ३० वटा नयाँ विधेयक संसदमा दर्ता गर्ने तयारी गरेकी छिन् ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटरको कारखाना पुगे अर्थमन्त्री वाग्ले, विश्व बजारमा लैजान सुझाव

नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटरको कारखाना पुगे अर्थमन्त्री वाग्ले, विश्व बजारमा लैजान सुझाव

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन् ।