नेभिगेशन
समाज

रास्वपाका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् ।

गत साता चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूलाई आज पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले शपथ गराएका हुन् । सभापति लामिछानेले गत शुक्रबार नै चितवनमा शपथ लिएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

असार ७ गतेदेखि १२ गतेसम्म चितवनमा भएको महाधिवेशनबाट सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहामन्त्री र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

Ncell
Extreme Energy

निर्वाचित केन्द्रीय सदस्यमध्येबाटै उपसभापति, महामन्त्री र सहमहामन्त्री चुनिएका हुन् ।

महाधिवेशनमा सभापतिमा रवि लामिछाने पहिलो चरणमै सर्वसम्मत भएका थिए भने पदाधिकारी निर्वाचनमा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा हेर्रेरा, कोक्ले र लस सान्तोस प्रान्त रहेका छन्। कोक्ले प्रान्तको पेनोनोमेमा होटल डोस कोन्टिनेन्टेसको एक भाग, सान जुआन बाउटिस्टा क्याथेड्रलको टावर र गभर्नर...
बिपी राजमार्ग अवरुद्ध

बिपी राजमार्ग अवरुद्ध

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ ।
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरेको छ । प्राधिकरणले तोकेको निर्देशिकाबमोजिम शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।