नेभिगेशन
समाज

हामी घाइते भएका हौं, मरेका होइनौंः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिगामी, फाँसीवादी बाटोमा जान नसक्ने बताएका छन् ।

नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित सम्पर्क विशेष संगठन कमिटीसँग सुझाव संकलन कार्यक्रममा उनले फाँसीवादी प्रवृत्तिका विरुद्ध मिल्न सकिने सबै शक्ति मिलेर संयुक्त संघर्षमा जानुपर्ने आवश्यकता रहेको र ती शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अध्यक्ष ओलीले एमाले देशव्यापीरुपमा फैलिएको, सुदृढ संगठन भएको, सही विचार र महान उद्देश्यका साथ अगाडि बढिरहेको पार्टी भएको दाबी गर्दै यसलाई थप सुदृढ र विस्तार गर्नुपर्ने बताए । उनले पार्टी एकीकरण गर्न आवश्यक नभएको पनि बताए ।

Ncell
Extreme Energy

‘पार्टी एकताको कुरा कहाँबाट आयो ? ओलीले भने ‘एमालेको नीति, विचार, उद्देश्य बोकेर अगाडि बढ्न चाहने व्यक्तिहरू लिन सक्छौं, पार्टीगत एकताको चरणमा अहिले हामी छैनौं ।’

गएको चुनावमा पार्टीले गम्भीर धक्का खाएको तर, उठ्नै नसक्ने अवस्थामा भने पुगिनसकेको ओलीको भनाइ छ । उनले भने– ‘हामी अलिकति घाइते भएका हौं, मरेका छैनौं, हामी उठ्न सक्छौं ।’

सुझाव संकलन कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, पार्टीका नेता लालबाबु पण्डित लगायतको उपस्थिति थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा हेर्रेरा, कोक्ले र लस सान्तोस प्रान्त रहेका छन्। कोक्ले प्रान्तको पेनोनोमेमा होटल डोस कोन्टिनेन्टेसको एक भाग, सान जुआन बाउटिस्टा क्याथेड्रलको टावर र गभर्नर...
बिपी राजमार्ग अवरुद्ध

बिपी राजमार्ग अवरुद्ध

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ ।
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरेको छ । प्राधिकरणले तोकेको निर्देशिकाबमोजिम शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।