नेभिगेशन
समाज

सञ्चारमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गरेका छन्।

बुधबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विकास साझेदारीका विविध आयामबारे छलफल भएको हो । सञ्चार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण, सङ्घीयताको कार्यान्वयनलगायत विषयमा पनि छलफल भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाललाई अष्ट्रेलियाले उपलब्ध गराउँदै आएको विकास सहायताका लागि धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा पनि यस्तो सहयोग रहने विश्वास व्यक्त गरे ।

Ncell
Extreme Energy

अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति कार्यक्रमको निरन्तरता र आगामी दिनमा थप नेपाली विद्यार्थीले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त गर्न सक्ने गरी छात्रवृत्तिको दायरा बढाउन उहाँले आग्रह गरे ।

नेपाल सरकारले हुलाक सेवाको आधुनिकीकरण र सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले यस क्षेत्रमा अष्ट्रेलियाको अनुभव र सफल अभ्यासबाट नेपालले सिक्न चाहेको बताए।

अष्ट्रेलियाले आफ्नो हुलाक प्रणालीलाई कसरी आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाएको छ भन्ने अनुभव आदानप्रदान गर्न तथा नेपालमा पनि त्यस्ता असल अभ्यास लागू गर्न प्राविधिक सहयोगका लागि उनले अनुरोध गरेका थिए।

त्यसैगरी, सरकारले डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने तथा सूचना प्रविधिमा आधारित सेवा प्रणाली विकास गर्ने दिशामा काम गरिरहेको बताउनुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल रूपान्तरणका क्षेत्रमा पनि अष्ट्रेलियाको सहयोग अपेक्षित रहेको बताए।

त्यसैगरी उनले नेपाल मानव अधिकार, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । साथै, स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भए पनि पत्रकारिता जिम्मेवार, उत्तरदायी, तथ्यपरक तथा व्यावसायिक हुनुपर्नेतर्फ सरकारले काम गर्न चाहिरहेको सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ थियो ।

पत्रकारहरूको क्षमता अभिवृद्धि, नयाँ प्रविधिको प्रयोग, डिजिटल पत्रकारिता तथा तथ्य परीक्षण (फ्याक्ट–चेकिङ) सम्बन्धी सीप विकासमा सरकारले काम गर्न खोजिरहेको उनले बताए।

नेपाल र अष्ट्रेलियाबीचको जनस्तरको सम्बन्ध पछिल्ला वर्षहरूमा थप बलियो बन्दै गएको विषयमा पनि छलफल भएको थियो । शिक्षा, रोजगारी, पर्यटन, विकास साझेदारी तथा सांस्कृतिक आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाएको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले यसलाई आगामी दिनमा थप विस्तार गर्ने चाहेको बताए।

सो भेटका क्रममा राजदूत अन्स्र्टले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि विकास साझेदारका रूपमा सहकार्य हुँदै आएको उल्लेख गर्नुहुँदै आगामी दिनमा थप सहकार्य गर्न सकिने क्षेत्रहरूबारे चासो व्यक्त गरे ।

लोकतन्त्रको आधारभूत मूल्यका रूपमा अभिव्यक्ति स्वतन्त्रता र विचार स्वतन्त्रताको संरक्षण अपरिहार्य रहे पनि पछिल्लो समय बढ्दो गलत सूचना (मिसइन्फर्मेसन) र दुष्प्रचार (डिसइन्फर्मेसन) चुनौतीका रूपमा देखिएकाले त्यसको नियन्त्रण र व्यवस्थापनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

अष्ट्रेलियाले नेपालमा सङ्घीय शासन प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्न निरन्तर सहयोग गर्दै आएको यसलाई थप संस्थागत बनाउन आवश्यक प्राविधिक तथा संस्थागत सहयोग आगामी दिनमा पनि निरन्तर रहने उनले विश्वास व्यक्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

निर्वाचन प्रहरी पोशाक खरिद र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नियमित खरिदमा प्रश्न उठाएर परेको उजुरीले निम्त्याएको संसद र सुरक्षा निकायको मनमुटाव कारवाहीको चरणमा प्रवेश गरेको छ ।
आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

नेकपा एमालेका नेता शम्भु शाहले पार्टीभित्र आलोचना र असहमतिका आवाजलाई ‘गुटबन्दी’, ‘खुरापाती’ र ‘अराजकता’का रूपमा चित्रण गरेर दबाउन खोजिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

नेकपा एमालेका नेता झपट रावलले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण र वैचारिक बहसबारे चार प्रश्न उठाएका छन् ।
संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू संघर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने आमरूपमा कमजोर देखिएको बताएका छन् ।