नेभिगेशन
समाज

सदनमा आफूले उठाएका विषयमा सरकार गम्भिर नभएको भन्दै विपक्षी दलको विरोध

काठमाडौँ । आफुहरुले सदनमा निरन्तर उठाएका विषयमा सरकार गम्भिर नभएको भन्दै विपक्षी दलले प्रतिनिधिसभामा विरोध जनाएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरुले आफुहरुले यसअघि उठाएका सीमा लगाएतका अन्य विषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाएका हुन् । विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस सांसद खडक वहादुर बुढालाई बोल्न समय दिएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद बुढाले सरकारले कानुनी राज्य र सुशासनको धज्जी उडाएको आरोप लगाए । राहदानी छपाइ खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको कुरा बाहिर आएको भन्दै उनले यसको निश्पक्ष र कानुनसम्मत छानबिन हुनुपर्ने माग गरे । 

Ncell
Extreme Energy

उनले पहिलेको सम्झौता खारेज गरेर पुरानै कम्पनीलाई बढी मूल्यमा काम दिनका लागि चलखेल भइरहेको समेत आरोप लगाए । संविधानले अख्तियारलाई शक्तिशाली र स्वतन्त्र संवैधानिक निकायको रूपमा परिकल्पना गरेको भन्दै यसमाथि प्रधानमन्त्री कार्यालयको हस्तक्षेप भए निष्पक्ष छानबिन नहुने उल्लेख गरे । 

त्यस्तै अन्य विपक्षी सांसदहरुले पनि आफुहरुले उठाएका विषयमा सरकार गम्भीर नभएको बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा हेर्रेरा, कोक्ले र लस सान्तोस प्रान्त रहेका छन्। कोक्ले प्रान्तको पेनोनोमेमा होटल डोस कोन्टिनेन्टेसको एक भाग, सान जुआन बाउटिस्टा क्याथेड्रलको टावर र गभर्नर...
बिपी राजमार्ग अवरुद्ध

बिपी राजमार्ग अवरुद्ध

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ ।
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरेको छ । प्राधिकरणले तोकेको निर्देशिकाबमोजिम शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।