नेभिगेशन
समाज

सहकारी (पहिलो संशोधन) विधेयक संसद्बाट पारित

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित भएको छ ।

अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि विधेयक निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले पारित भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सम्पति शुद्धीकरणका सम्बन्धमा नेपाल विश्वस्तरमा ‘ग्रे लिष्ट’मा परेका सन्दर्भमा यो बेग्लै विधेयक झन् आवश्यक भएको बताए। उनले आगामी विधेयक ल्याउँदा प्राप्त सुझावलाई समेट्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Ncell
Extreme Energy

छलफलमा संशोधनकर्ता सांसदहरू आरेन राई, गणेशबहादुर विश्वकर्मा, गङ्गालक्ष्मी अवाल, बुद्धिप्रसाद पन्त, पार्वती विक, प्रकाशचन्द्र परिवार, नरेन्द्रकुमार केरूङ, बासना थापा, साजिदा खातुन सिद्धिकी, गणेश पौडेल, रेखाकुमारी यादव, नीता घतानीलगायतले भाग लिए।

सांसदहरूले बचतकर्ताको रकम सरकारले नभई सम्बन्धित सहकारीले फिर्ता दिनुपर्ने, सहकारीलाई जुन स्थानीय तहमा दर्ता गरिएको हो, त्यही तहमा मात्रै काम गर्न पाउने क्षेत्राधिकार दिनुपर्ने र नियमनका लागि एकै केन्द्रीय निकाय हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ः०० बजेसम्मको विवरण हो ।
पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट १४ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ।
एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुने गरे पनि प्रतिव्यक्ति वार्षिक खपत ६९ वटामात्र छ।
महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।