नेभिगेशन
समाज

स्वदेशमै रोजगार सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशाः मन्त्री यादव

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित बनाउँदै स्वदेशमै रोजगार सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताएका छन्।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले युवा उद्यमी र व्यवसायीको सहयोगीका रुपमा मन्त्रालयले भूमिका खेल्ने बताए। उनले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमीलाई पुरस्कृत र सम्मानसमेत गरेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोरङस्थित प्रशंसा ‘हनि’ फर्मका सञ्चालक लोकबहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ भने अन्य ६ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । कतारमा रोजगार गरी स्वदेश फर्केर मौरीपालन गर्दै उद्यमीका रुपमा स्थापित भएका राईले उद्यम यात्राको अनुभव सुनाए। उनले मेहनत भए आफ्नै देशमा आम्दानी गर्न सकिने विश्वास व्यक्त गरे।

Marvel
Extreme Energy

यसैगरी, झापाका मनिका राई, सप्तरीका देवलाल यादव, सिन्धुलीका यमकुमार गोले, पर्वतका शिवकुमार क्षेत्री, अर्घाखाँचीका दिनेश खत्री र बाजुराका कर्मराज मल्लले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा मन्त्रालयले बालश्रममुक्त घोषणा भएका १३ स्थानीय तहलाई सम्मान गरिएको थियो ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका, म्याग्दीको रघुगङ्गा गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका, कपिलवस्तुको बुद्धभूमि नगरपालिका र बाणगङ्गा नगरपालिका, इलामको सूर्योदय नगरपालिका, तनहुँको म्याग्दे गाउँपालिका, भोजपुरको पौवादुङमा गाउँपालिका, बागलुङ्गको बरेङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका र फेदीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाका प्रमुखले सम्मान र प्रशंसापत्र ग्रहण गरे ।

मन्त्रालयले रोजगार श्रमिकको मापदण्ड पूरा गरेका ६ व्यवसायी प्रतिष्ठानलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नवजीवन अस्पताल प्राली, होङ्सी शिवम् सिमेन्ट, पूर्वी नवलपरासी, अम्बे स्टिल लिमिटेड, एशियन पेन्ट्स नेपाल, मारुती सिमेन्ट लिमिटेड, मैनावती स्टिल इन्डष्ट्रिज लिमिटेड रहेका छन् ।

कार्यक्रममा मन्त्रालयका सचिव डा दीपक काफ्लेले श्रमिकको हकहित संरक्षण, रोजगार वातावरण सिर्जना र बालश्रममुक्त समाज निर्माण गर्न मन्त्रालयले सधैँ प्रभावकारी भूमिका निर्वाह गर्न तत्पर रहँदै आएको बताए। उनले यी तीन पक्ष एकअर्काकामा अन्तर सम्बन्धित भएकाले सुधारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बढुवा भएको खुसीयालीमा लड्डु बाँड्नुपर्नेमा कार्की मुद्दा लिएर आए– महान्यायाधिवक्ता कँडेल

बढुवा भएको खुसीयालीमा लड्डु बाँड्नुपर्नेमा कार्की मुद्दा लिएर आए– महान्यायाधिवक्ता कँडेल

महान्यायाधिवक्ता नारायणदत्त कँडेलले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले बर्खास्त नगरेको, बरु बढुवा गरेर प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको दाबी गरेका छन्।
नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)...
इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् ।
यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट सात जना बिचौलिया नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट सात जना बिचौलिया नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय रुपन्देही परिसरबाट प्रहरीले सात जना बिचौलियालाई नियन्त्रणमा दिएको छ।

भर्खरै