नेभिगेशन
समाज

गार्मेन्टका सामान भन्दै कुरियरमार्फत विदेश लैजान लागिएको सुनचाँदीका गहना बरामद

काठमाडौँ । गार्मेन्टका सामान भन्दै कुरियरमार्फत विदेश पठाउन लागिएको ८१ लाख ७२ हजार ३९३ रुपैयाँबढीको सुनचाँदीका गहना बरामद गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट खटिएका प्रहरीले सुनचाँदीका गहना बरामद गरेका हुन्। बरामद सुनको कुल तौल २८५.१७८ ग्राम रहेको छ, जसको मूल्य ६७ लाख ३४ हजार ३५० रुपैयाँ रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी चाँदीको कुल तौल ३ केजी ९१४.६५० ग्राम रहेको छ, जसको मूल्य १४ लाख ३८ हजार ४३ रुपैयाँ निर्धारण गरिएको छ। बरामद सुन तथा चाँदीको कुल मूल्य ८१ लाख ७२ हजार ३९३ रुपैयाँ रहेको जनाइएको छ।

Ncell
Extreme Energy

गार्मेन्टको सामान भन्दै कुरियरमार्फत विदेश पठाउन लागिएको सामान चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा सो सुनचाँदी बरामद भएको थियो ।
बुधबार जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडाहरू रहेको भन्दै पठाउन लागिएको पार्सलबाट सुन तथा चाँदीका गरगहना बरामद गरिएको गरगहनाको आज(बिहीबार) काठमाडौं सुनचाँदी व्यवसायी संघ, क्षेत्रपाटीमा परीक्षण गरिएको थियो।

वैध रूपमा खरिद गरिएको सुन तथा चाँदी घोषणा (डिक्लेयर) गरेर लैजान सकिने व्यवस्था हुँदाहुँदै गार्मेन्टका सामानका रूपमा लुकाइछिपाइ कुरियरमार्फत पठाउन खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाका विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ः०० बजेसम्मको विवरण हो ।
पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट १४ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ।
एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुने गरे पनि प्रतिव्यक्ति वार्षिक खपत ६९ वटामात्र छ।
महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।