नेभिगेशन
समाज

विष्णु पौडललाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार, बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व उपप्रधान एवं अर्थमन्त्री तथ एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चले खारेज गरेको हो । 

सम्पत्ति शुद्दीकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पौडेलको रिहाइ माग गर्दै पौडेलकी पत्नी दोमाया पौडेलले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त रिट सर्वोच्चका न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले खारेज गरेको हो । 

Ncell
Extreme Energy

आजै विशेष अदालतले पौडेललाई तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्वअर्थमन्त्री पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो । विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पहिलो पटक सात दिन, दोस्रो पटक तीन दिन र अहिले तेस्रो पटक ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उपाध्यक्ष पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराइएको हो  । उनलाई अनुसन्धानका लागि  न्यायिक हिरासतमा राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ः०० बजेसम्मको विवरण हो ।
पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट १४ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ।
एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुने गरे पनि प्रतिव्यक्ति वार्षिक खपत ६९ वटामात्र छ।
महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।