नेभिगेशन
समाज

असई थमन विक हत्या प्रकरण : एमालेका पूर्वसांसद लक्ष्मी कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२ का बासिन्दा लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबार उच्च अदालत जनकपुरधामले सशस्त्र प्रहरीका असइ (सशस्त्र प्रहरी सहायक निरीक्षक) थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय फैसला गरेलगत्तै कोइरीलाई प्रहरीले बिहीबार साँझ गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोइरीलाई अदालतको फैसलाअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले पुष्टि गरे ।

Ncell
Extreme Energy

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मङ्सिर २८ गते गरेको यसै मुद्दाको फैसलामा कोइरीलाई सफाइ दिइएको थियो । मुद्दा चलिरहेकै बेला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ मा नेकपा (एमाले)बाट  निर्वाचित कोइरी यसपालि गत फागुनको चुनावमा पनि उम्मेदवार थिए । कोइरी यसपालि पराजित भए । 

नेकपा (एमाले)को मधेस प्रदेश कमिटी सदस्य रहेका कोइरीलाई पक्राउ गरी बिहीबार नै जिल्ला सदरमुकाम जलेश्वर पुर्याइएको छ । 

सशस्त्र प्रहरीका असइ विकलाई २०७२ भदौमा मधेस आन्दोलन जारी रहेका बेला जलेश्वरको सडकमै निर्घात कुटपिट गरिएको थियो । 

जलेश्वरमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा जनकपुर लैजाँदै गर्दा बाटो ढुकेर बसेका केही व्यक्तिले उनलाई झारेर कुटीकुटी गरी हत्या गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ः०० बजेसम्मको विवरण हो ।
पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट १४ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ।
एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुने गरे पनि प्रतिव्यक्ति वार्षिक खपत ६९ वटामात्र छ।
महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।