नेभिगेशन
नेताका कुरा

रास्वपाले अब सांसदहरूको कामको डिजिटल ट्रयाकिङ गर्ने, ल्यायो 'पल्स आरएसपी'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरुको डिजिटल ट्रयाकिङ गर्ने भएको छ । 

पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रकृयाअन्तर्गत रास्वपाले सांसदहरुलाई ट्रयाकिङ गर्न पल्स आरएसपी नामक सिस्टम नै निर्माण गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त सिस्टमबारे सांसदहरुलाई जानकारी दिन रास्वपाले आज दलको कार्यालयमा बैठक राखेको छ । सभापति रबि लामिछानेको उपस्थितिमा सिंहदरबारस्थित संसदीय दलकाे कार्यालयमा विहान साढे १० बजे बस्ने बैठकमा साइबर सुरक्षासम्बन्धी सचेतना समेत दिने दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले बताए । 

Ncell
Extreme Energy

के हो पल्स आरएसपी ? 

मुख्य सचेतक बुर्लाकोटीकाअनुसार पल्स आरएसपी सिस्टमले सांसदहरुका गतिविधिलाई प्रत्यक्ष रुपमा अपडेट गराउनेछ । 

यसका लागि हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपडेट गराउनुपर्नेछ । साथै एकअर्कासँग भेटघाटका लागि अनलाइनबाटै समय माग गर्न सकिनेछ । संसदमा बोल्ने विषयवस्तु समेत सोही सिस्टममा अपडेट हुनुपर्नेछ ।  

निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रमको जानकारी समेत सोही पोर्टलमा गराउनुपर्नेछ । 

नागरिकले सम्बन्धित निर्वाचन क्षेत्रका सांसदसँग त्यही माध्यमबाट गुनासा राख्न सक्ने र त्यसको ट्रयाकिङ हुने र त्यसकै आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कन हुने जस्ता फिचरहरु रहेको मुख्य सचेतक बुर्लाकोटीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ः०० बजेसम्मको विवरण हो ।
पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट १४ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ।
एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुने गरे पनि प्रतिव्यक्ति वार्षिक खपत ६९ वटामात्र छ।
महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।