नेभिगेशन
नेताका कुरा

एमाले पुनर्गठन सुझाव कार्यदलको बैठक असार २२ गते

सबै प्रदेश, जनसंगठन र विभाग पुनर्गठनको पक्षमा खुले, के आउला रिपोर्ट ?

काठमाडौँ । नेकपा एमालेको पुनर्गठन सुझाव कार्यदलको बैठक असार २२ गते बस्ने भएको छ । 

सबै प्रदेश, जनसंगठन र विभागहरूसँग छलफलपछि कार्यदलको बैठक आगामी सोमबार बोलाउन लागिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार कार्यदलले ८ वटा भौगोलिक, एउटा गैरभौगोलिक, सबै जनसंगठनहरूसँग सुझाव लिइसकेको छ । आज शुक्रबार विभाग र केन्द्रीय निकायहरुसँग कार्यदलले छलफल गर्दैछ । 

Ncell
Extreme Energy

कार्यदलका एक सदस्यकाअनुसार अधिकांश प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, सम्बन्धित प्रदेशका पदाधिकारी र जिल्ला नेताहरू पुनर्गठनको पक्षमा खुलेका छन् । 'प्रदेशहरूका ७० प्रतिशतभन्दा बढी सदस्यहरू पुनर्गठनको पक्षमा खुलेका छन् । पार्टी यथास्थितिमा अगाडि बढ्न नसक्ने, केपी ओलीलाई नै अध्यक्षमा यथावत् राखेर जाँदा तलबाट पार्टी उठाउन नसकिने धारणा प्रदेश पदाधिकारी र जिल्ला तहका नेताबाट आएको छ,' ती सदस्यले भने, 'जनसंगठनतर्फ पनि पार्टीको यही नेतृत्वलाई कायम राखेर जाँदा संगठन विस्तार गर्न कठिन हुने धारणा राख्नुभएको छ ।'  

ती सदस्यले तलबाट आएका सबै सुझावहरूलाई एकीकृत गरेर प्रतिवेदनको रुप दिइने बताए । गत जेठ १० गते सकिएको एमाले केन्द्रीय सचिवालयको आठौं बैठकले पार्टीलाई पुनर्गठन गर्ने विषयमा तलबाट सुझाव माग्नेगरी उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा पदाधिकारी तहका सात र ८ प्रदेश इन्चार्जहरु रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले ८ वटै प्रदेश स्तरका कमिटी, जनसंगठनहरूबाट छुट्टाछुट्टै सुझाव लिएको थियो । कार्यदलले सुझाव लिनुअघि अध्यक्ष ओलीले सातवटा प्रदेशलाई जुम मार्फत सम्बोधन गरेका थिए । बागमती प्रदेशमा भने कार्यदलसँगको छलफलपछि केन्द्रीय सदस्य एवं प्रदेश र जिल्ला तहका नेताहरूलाई गुण्डुस्थित निवासमै बोलाएर छलफल गरेका थिए । 

पुनर्गठनको पक्षमा माहोल कमजाेर बनाेस् भन्ने ध्येयले अध्यक्ष ओलीले कार्यदलको बैठक अगाडि सम्बोधन गरेर छलफल प्रभावित गर्न खोजेको पनि कार्यदलका सदस्यले बताएका छन् । तथापि पुनर्गठनको पक्षमा तलबाट माहोल तयार भएकाले सोहीअनुरुप प्रतिवेदन तयार हुने कार्यदलका सदस्यहरूको भनाइ छ । 

यसैबीच अध्यक्ष ओलीले सामाजिक सञ्जाल र सार्वजनिक ठाउँमा पार्टी र नेतृत्वविरुद्ध जथाभावी लेख्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् । बिहीबार जनसंगठनहरूसँगको छलफलमा अध्यक्ष ओलीले त्यसरी सामाजिक सञ्जालमा लेखे कारवाही गरिने बताएका हुन् ।

उनले पार्टी नयाँ ढंगले अगाडि बढाउन अहिले चलिरहेको एकताको हल्ला निराधार रहेको र तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका थिए । 
  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ः०० बजेसम्मको विवरण हो ।
पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट १४ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ।
एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुने गरे पनि प्रतिव्यक्ति वार्षिक खपत ६९ वटामात्र छ।
महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।