नेभिगेशन
समाज

एडिबी अध्यक्ष मासातो कान्दा नेपाल आउँदै, बालेनसँग भेट्ने

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्दा नेपाल आउन लागेका छन् । 
कान्दा आगामी जुलाई ६ र ७ अर्थात असार २२ र २३ गते नेपाल भ्रमणमा आउने एडिबी नेपाल कार्यालयले सिधाकुरालाई जानकारी दिए । 

दुई दिनका लागि नेपाल भ्रमण आउन लागेका कान्दाले प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गर्ने तय भएको एडिबी स्रोतले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कान्दा १६ वर्षपछि नेपाल भ्रमणमा आउँदै छन् । उनी यस अघि सन् २०१४ मा नेपाल आएका थिए । 
भ्रमणका क्रममा कान्दाले नेपालमा एडिबीको लगानी रहेका परियोजनाहरूबारे जानकारी लिने तथा अनुगमन समेत गर्ने तयारी रहेको छ । 

Ncell
Extreme Energy

स्रोतका अनुसार कान्दाले असार २२ गते अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गर्नेछन् । असार २३ गते उनले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्ने तय भएको स्रोतले जनाएको छ । 

कान्दा प्रधानमन्त्री बालेनले भेट गर्ने पहिलो उच्चस्तरीय विदेशी दातृ प्रतिनिधि हुन् । यसअघि उनले नेपालस्थित विदेशी कूटनीतिक नियोग प्रमुख, दातृ निकायका प्रतिनिधिहरूलाई सामूहिक भेट गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ः०० बजेसम्मको विवरण हो ।
पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट १४ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ।
एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुने गरे पनि प्रतिव्यक्ति वार्षिक खपत ६९ वटामात्र छ।
महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।