नेभिगेशन
नेताका कुरा

नेकपासँग तत्काल एकता हुँदैन : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।

नेकपासँग एकता हुनै लागेको जसरी बाहिर चर्चा भइरहेको भन्दै ओलीले बिहीबार जनसंगठनहरूसँगको छलफलमा त्यस्तो सम्भावना नरहेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यद्यपि वामपन्थी शक्तिहरूबीच सहकार्यको सम्भावना रहेको उनको भनाइ थियो । 'बाहिर दुई पार्टी एमाले र नेकपा मिल्नै लागे जसरी चर्चा भइराखेको छ । तर अहिले नेकपासँगको एकताको कुनै सम्भावना छैन,' ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'तर, वामपन्थी शक्तिहरुबीच सहकार्यको सम्भावना छ ।' 

Ncell
Extreme Energy

ओलीले पार्टी पुनर्गठनका विषयमा धारणा प्रभावित गर्नेगरी पर्चा बाँडिरहेको भन्दै आपत्ति जनाएका थिए । एमाले बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलियालगायतले पार्टी पुनर्गठनबारे अवधारणा पत्र भन्दै प्रदेशस्तरीय र जनसंगठनका भेलामा पर्चा वितरण गरेका थिए । उनीहरुले अहिले पनि त्यो कामलाई निरन्तरता दिइरहेका छन् । ओलीले यस्तो गतिविधि गर्नु पार्टीको नीति विपरीत रहेको भन्दै कारवाहीको विषय बनाइने बताएका हुन् ।

अध्यक्ष ओलीले पार्टी र नेतृत्वको विरुद्ध सामाजिक सञ्जाल र सार्वजनिक ठाउँमा जथाभावी नलेख्न निर्देशन दिँदै लेखे कारवाही गर्ने चेतावनी पनि दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आज यी ठाउँमा वर्षा हुने

आज यी ठाउँमा वर्षा हुने

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण शनिबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ।
'पुरानो बस नचलाउन भनेका थियौँ, आज चार विद्यार्थीको ज्यान गयो'

'पुरानो बस नचलाउन भनेका थियौँ, आज चार विद्यार्थीको ज्यान गयो'

पोखरा–२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिएका थिए। साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुपर्‍यो’ भनेपछि उनी जुरुक्क उठे।