नेभिगेशन
समाज

शिक्षामा दलीयकरण हुनु नै अहिलेको सबैभन्दा ठूलो समस्याः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले शिक्षामा दलीयकरण हुनु नै अहिलेको सबैभन्दा ठूलो समस्या भएको बताएका छन् । शुक्रबार कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले पार्टी कार्यालय सानेपामा आयोजना गरेको ग्रिन टेबल कार्यक्रममा सभापति थापाले शिक्षामा राजनीति हुनु र दलीयकरण हुनु फरक कुरा भएको भन्दै अहिले शिक्षामा दलीयकरण हुनु ठूलो समस्या भएको बताएका हुन् ।

उनले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक वा शिक्षकहरूको योग्यता भन्दा पनि आफ्नो मान्छेलाई राख्नुपर्छ भन्ने मान्यता गाउँ–गाउँमा व्याप्त रहेको उल्लेख गरे । उनले भने, हामीलाई व्यवस्थापन समितिमा पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो । त्यसको शिक्षक पनि हाम्रो मान्छे भन्ने ठाउँबाट बाहिर निस्कनुपर्‍यो । त्यो राजनीति होइन, त्यो दलीयकरण थियो । दलीयकरण बाहिर निस्कनुपर्‍यो ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिक्षा क्षेत्रमा राम्रा भन्दा आफ्ना मान्छे भर्ति गर्ने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको उनको भनाइ छ । सभापति थापाले शिक्षकहरुले विद्यालयमा आफ्नो जिम्मेवारी पुरा गर्नुका साथै समुन्नत नेपाल निर्माणका लागि अझ धेरै योगदान दिनुपर्ने धारणा राखे ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी ठाउँमा वर्षा हुने

आज यी ठाउँमा वर्षा हुने

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण शनिबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ।
'पुरानो बस नचलाउन भनेका थियौँ, आज चार विद्यार्थीको ज्यान गयो'

'पुरानो बस नचलाउन भनेका थियौँ, आज चार विद्यार्थीको ज्यान गयो'

पोखरा–२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिएका थिए। साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुपर्‍यो’ भनेपछि उनी जुरुक्क उठे।