नेभिगेशन
समाज
कर्णाली गाडी दुर्घटना:

दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

काठमाडौँ । सुर्खेत पञ्चपुरी ८, माझीगाउँ अहिले शोकमा छ ।

गाउँका एकाघरका दाजुभाइ रामु सुवेदी र तुलाराम सुवेदी कर्णालीमा बेपत्ता भएपछि गाउँ नै शोकाकुल भएको  उनका छिमेकी डण्डपाणि सुवेदीले बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्सगाडी बिहीबार बिहान साढे ११ बजे दैलेखको चामुडा विन्द्राशैनी गाउँपालिका–५ मा पर्ने अक्करे भिरबाट खसेर कर्णाली नदीमा बेपत्ता भयो।

Ncell
Extreme Energy

उक्त गाडी तिनै सुवेदी दाजुभाइको हो । उनीहरुले गत दसैंमा ऋण काढेर गाडी किनेका थिए। तीन महिनाअघि मात्रै उक्त रुटमा गाडी चलाउन इजाजत पाएका थिए ।

डण्डपाणिकानुसार सुवेदी दाजुभाइको परिवार आर्थिक हिसाबले कमजोर थियो । आफ्नो आयस्ताले वर्षदिन खान नपुग्ने भएपछि किशोर उमेरमै दाजुभाइ नै भारत पसेका थिए ।

त्यहाँ उनीहरुले कठोर शारीरिक श्रम गरे । दाजु रामु गतवर्ष मात्रै घर फर्किएका थिए । भाइ भने केही पहिले नै आएर नेपालमै दुःखजिलो गर्दै थिए । डण्डपाणिले बताए अनुसार दाजुभाइ भारत छँदा बैङ्गलुरुमा बस्थे ।

न्यून वेतनमा ज्याला मजदुरी लगायत अन्य काम गर्थे । उनीहरुले पठाएकै पैसाले घर उज्यालो भएको थियो । र परिवार गरिबीबाट थोरै उकासिएको थियो ।

भारतको मजदुरीबाट केही पैसा बचेपछि दाजुभाइले सल्लाह गरेर सगोलमा गाडी किनेका थिए ।
‘दाजु भारतमै मजदुरी गर्दै थिए। भाइ भने केही साल पहिले नेपाल आएर गाडी लाइनमै काम गर्न थालेका थिए,’ डण्डपाणिले सिधाकुरासँग भने, ‘भाइले नेपालमै गाडी क्षेत्रमा काम गरेको देखेर दाजुले सँगै मिलेर गाडी किनौं, ऋण त तिरिहालौंला नि भनेर सल्लाह गरेछन् । भाइ सहमत भएपछि उनीहरुले गत दसैंमा गाडी किनेका हुन् ।’

उनीहरु प्रायः त्यही रुटमा गाडी गुडाउने गरेको र गाडीले राम्रै कमाइ दिने हुँदा बिस्तारै ऋण पनि घटाउँदै लगेको डण्डपाणिको भनाइ छ । दाजुभाइका एक छोरा र एक छोरी छन्।

३१ र २८ वर्षका हुर्कंदो उमेरका सुवेदी दाजुभाइ परिवारका खम्बा र मिलनसार थिए । परिवारमा श्रीमती र छोराछोरीका अलावा वृद्ध लयका बुबाआमा छन् । उनीहरु कर्णालीमा बेपत्ता छन् भन्ने सुनेदेखि परिवारको बत्ती झ्याप्पै निभेसरह भएको डण्डपाणि बताउँछन् ।

‘दाजुभाइ नै परिवारका भरोसा थिए । स–साना बच्चा छन् । गाडीको ऋण छ । खेतबारीको आयस्ता पनि धेरै छैन । उनीहरुको अवस्था पत्ता नलाग्दा परिवारमा रुवाबासी छ । सम्झाउने आँट कसैको छैन,’ उनले भने ।
डण्डपाणिले कर्णालीको भेलमा बेपत्ता गाडीको अवस्था पत्ता लगाइदिन सरकारलाई अनुरोध गरे ।

कमजोर आय भएको परिवार भएकाले उनीहरु आफ्नो पीडा सुनाउन पनि असमर्थ छन् । ‘बेपत्ता भएको दुइ दिन भइसकेको छ । तर हामीले सास र लासको टुंगो पाएनौं । परिवारमा सोधखोज गर्छन् । हामीले दिने जवाफ छैन,’ उनले भने ।
डण्डपाणिका अनुसार सुरक्षाकर्मीले खोजीमा तदारुकता त देखाएका छन् । तर मौसम प्रतिकूल बनेको छ । कर्णाली नदीको पानी धमिल्लिएको छ । खोलामा बाढी आएको छ । गोताखोरहरु भित्र पस्न सकेका छैनन् । ड्रोन उडाएर किनारमा केही फेला पर्छ कि भन्दा भन्दै ३० घण्टा बित्न लागिसकेको छ । परिवार सबै सदस्यले हरेस खाइसकेका छन् । तैपनि मनमा थोरै आशाको उज्यालो छ–दाजुभाइ आइपो हाल्छन् कि !

बिहीबार कर्णाली नदीमा खसेको  यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर शुक्रबार बिहान ८ः०० बजेदेखि पुनःपरिचालन भएको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए ।

कर्णालीमा गाडी खसेको २४ घण्टामा पनि पत्ता लागेन यात्रु संख्या, प्रशासन दिन्छ फरक फरक विवरण

बिहीबार बिहान  ८ः०० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो । 

बिहीबार पाँच घण्टासम्म गोताखोरले खोजी गर्दा नभेटाएपछि आज पुनःखोजी गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

‘जलसतह मात्र बढेको छैन, नदीको बेग पनि त्यत्तिकै तीव्र छ । पानी धमिलो छ । घटनास्थलमा सिधै जाने ठाउँ छैन । अछाम जिल्लाबाट खोज्नुपरेको छ । अचेत अवस्थाम भिरमा अड्केका एक जना पुरुषको उद्धार गरी अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको छ । मृतकको ठेगाना खुल्न सकेको छैन,’ उनले भने । 
 
खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना घटनास्थलमा परिचालन गरिएको छ ।
 
सुर्खेत बसपार्कबाट बिहान ८ः०० बजे गाडी छुट्दा तीन र दैलेखको डुङ्गेश्वरबाट दुई, चालक र सहचालक गरी अहिलेसम्म आधिकारिक सात व्यक्ति गाडीमा सवार रहेको प्रहरीले जनाएको छ । 
 
गाडी ४०० मिटर तल खसी कर्णाली नदीमा डुबेको स्थान प्रहरीचौकी दैलेखबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...
थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१...
रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक हजार ९५७ वटा र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा एक हजार ७२८ वटा नमूना परीक्षणका लागि प्राप्त भएका छन् ।...