नेभिगेशन
समाज

बचतकर्ताको रकम फिर्ता गर्न ऋणीप्रति कठोर हुनैपर्छ-मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज नहुने बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सहकारी (पहिलो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावका सम्बन्धमा सांसद्ले उएका प्रश्नको जवाफ दिने क्रममा उनले भनिन् “सहकारीबाट ऋण लिएकाबाट असुलउपर गर्न सरकार कठोर नभएको खण्डमा बचतकर्ताको रकम फिर्ता गर्न अप्ठ्यारो हुन्छ,” । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रावलका अनुसार विधेयकमा  ऋण उठाउनका लागि केही कडा प्रावधान राखिएको हो ।

Ncell
Extreme Energy

उनले हजारौँ बचतकर्ताको पीडा सम्बोधन गर्न अध्यादेशमार्फत यो कानुन ल्याइएको बताइन्। 

“सहकारीपीडितलाई तत्काल राहत दिन अध्यादेशमार्फत कानुन ल्याइएको हो,”उनले भनिन्,“सहकारीसँग जोडिएको परिवारको परिभाषा केही बृहत् बनाउनुपर्ने आवश्यकता देखिएकाले पनि सो प्रावधान राखिएको हो ।”

विधेयकका सम्बन्धमा सांसदहरु पदमबहादुर परियार, सम्झना देवकोटा, श्रीकृष्णप्रसाद अधिकारी र रामकुमारी झाँक्रीले संशोधन विधेयकमाथि धारणा राख्नुभएको थियो ।

बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक असार २२ गते सोमबार दिउँसो १२ः१५ बजे बस्नेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।
सांसदले सदनमा उठाएको विषय तत्कालै यसरी पुग्छ मन्त्री  र प्रधानमन्त्रीको टेबलमा

सांसदले सदनमा उठाएको विषय तत्कालै यसरी पुग्छ मन्त्री  र प्रधानमन्त्रीको टेबलमा

संसद्का बैठकमा बोल्ने अधिकांश सांसदहरुको गुनासो एउटै हुन्छ, हामी संसदमा त बोल्छौँ, तर सुनुवाइ हुँदैन । संसदमा जनताका मुद्दा उठान गर्ने, त्यसले सञ्चारमाध्यममा पनि स्थान पाउने तर सम्बन्धित...

भर्खरै