नेभिगेशन
नेताका कुरा

ग्रिन ग्रोथ इकोनोमिक समिटमा सहभागी हुन पूर्वउपसभामुख राना भारत प्रस्थान

काठमाडौँ । पूर्वउपसभामुख एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर भारतको हैदरावाद प्रस्थान गरेकी छिन् । 

भारतको तेलांगाना सरकारले आयोजना गरेको ग्रिन ग्रोथ इकोनोमिक समिटमा सहभागी हुन सांसद राना सोमबार विहान नयाँ दिल्ली हुँदै हैदरावाद प्रस्थान गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई दिनसम्म चल्ने ग्रिन ग्रोथ इकोनोमिक समिट नोभोटेल हैदराबाद कन्भेन्सन सेन्टरमा हुँदैछ । 

Ncell
Extreme Energy

नेपालबाट पूर्वउपसभामुख रानालाई आमन्त्रण गरिएको हो । 

सम्मेलनले विश्वभरका विज्ञहरू, कूटनीतिज्ञहरू, निर्वाचित प्रतिनिधिहरू, उच्च सरकारी अधिकारीहरू, उद्योगका अगुवाहरू, लगानीकर्ताहरू, नवप्रवर्तकहरू, शिक्षाविद्हरू र नीति निर्माताहरूलाई एकै मञ्चमा भेला गराउने आयोजकले जनाएको छ । 

यसमा कृत्रिम बुद्धिमत्ता (एआई) को भविष्य तथा दिगो पूर्वाधार, स्वच्छ ऊर्जा र समावेशी आर्थिक वृद्धिमा यसका प्रभावहरूबारे गहन छलफल गरिने बताइएको छ । 

सम्मेलनको उदघाटन तेलंगानाका मुख्यमन्त्री ए. रेभन्थ रेड्डीले गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगे।
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ ।
कांग्रेस सभापतिमा गगन थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

कांग्रेस सभापतिमा गगन थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्।

भर्खरै